तमु (गुरुङ) समाज, कतारद्वारा च्यु ल्होसार तथा स्योकैं कार्यक्रम सम्पन्न

तेज गुरुङ महासचिव तमु(गुरुङ) समाज, कतार –

कतार, राष्ट्रिय पर्व तथा तमुहरुको महान पर्व ल्होसारको शुभ अवसरमा तमु (गुरुङ) समाज कतारको आयोजनामा २७ तारिख डिसेम्बर शुक्रबारका दिन मिसाइदको अम्वाज क्याटरिङमा “च्यु ल्होसार तथा स्योकैं २०१९” कार्यक्रम भव्यताका साथ सम्पन्न भयो।

संस्थाका केन्द्रीय अध्यक्ष भाइकाजी गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सचिव आर के शर्मा प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रमका सभापति र प्रमुख अतिथिलाई क्रेगीले संस्थागत सम्मान गरिएको थियो।

कार्यक्रममा अन्य विशेष उपस्थितिमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सल्लाहकार टिबी कार्की, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका मध्य पूर्व संयोजक प्रबिण गुरुङ, मध्यपूर्व युवा संयोजक राज रेग्मी, निवर्तमान मानार्थ परिषद सदस्य कमलमणि गुरागाई, निवर्तमान सदस्य बिमल सुवेदीर अर्का निवर्तमान सदस्य श्बिनोद भट्टराई, वर्तमान सदस्यहरु क्रमश:रमेश भट्ट, होमनाथ शर्मा, युवराज शर्मा, गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष उत्तम गुरुङ, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष शिव कुमार भुजेल, महासंघका प्रमुख सल्लाहकार देवराज राई, विशेष सल्लाहकार सियाराम चौधरी, संस्थापक सदस्य तथा सल्लाहकार सुक बहादुर तामाङ, सल्लाहकारहरुमा क्रमशः संखलाल तामाङ, नियम भुजेल, किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष राजेन्द्र साम्याङ्खाम लिम्बु, किरात राई यायोक्खा कतारका अध्यक्ष बिमल राई, नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष धिरेन तामाङ, थारु कल्याणकारिणी सभा च्याप्टर कतारका उपाध्यक्ष हरि बहादुर महतो, नेपाल प्रवासी सुनुवार सेवा समाज कतारका अध्यक्ष सामुयल सुनुवार, नेपाल प्रवासी भुजेल सेवा समाज कतारका अध्यक्ष मिलन भुजेल, धानुक समाज कतारका अध्यक्ष रामकुमार मण्डल, तमु प्ये ल्हु संघ कतारका अध्यक्ष रबिन्द्र गुरुङ, अतिथी कलाकारहरुमा क्रमशः लोक दोहोरि तथा चुड्का गायक पृथ्वी गुरुङ, मोडल तथा गुरुङ चलचित्रकी नायिका इन्दु गुरुङ, लोक दोहोरी गायिका सुनिला गुरुङको उपस्थिति रहेको थियो।

त्यस्तै आमन्त्रित अतिथिहरुमा विभिन्न संघ-संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरु, व्यवसायी तथा समाजसेवी व्यक्तित्वहरुको गरिमामय उपस्थितिसँगै दोहावासी तमु तथा गैर तमु महानुभावहरुको उल्लेखनीय उपस्तिथि रहेको उक्त कार्यक्रम संस्थाका महासचिव तेज गुरुङ र सचिव ज्ञानु गुरुङले सञ्चालन गरेका थिए भने संस्थाका द्वितीय उपाध्यक्ष धनराज गुरुङले स्वागत मन्तव्यद्वारा उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएलगत्तै प्रमुख अतिथिको बाहुलीबाट दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरिएको थियो।

कार्यक्रममा संस्थाका तृतीय उपाध्यक्ष टौमाया गुरुङयुले महान पर्व तमु ल्होसारको महत्त्वबारे प्रकाश पार्नु भएको थियो।

यसपटकको च्यु ल्होसार तथा स्योकैं कार्यक्रमलाई विशेष बनाउने उद्देश्यले नेपालबाट अतिथि कलाकारहरु पृथ्वी गुरुङ, सुनिला गुरुङ र इन्दु गुरुङलाई संस्थागत निमन्त्रणा गरिएको थियो र उहाँहरु कै विशेष प्रस्तुतिहरुसँगै तमु (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित तमु सांस्कृतिक परिवारका कलाकारहरुको बिभिन्न आकर्षक प्रस्तुतीहरुको साथमा तमुहरुको परम्परागत छेलो प्रतियोगिता र रमाइलो रसी तान्ने खेलहरुले कार्यक्रमको गौरव र थप रौनकता बढाएको थियो।

हरेक वर्ष जस्तै यस वर्ष पनि तमुहरुको परम्परागत छेलो फाल्ने प्रतियोगितामा लम्जुङका हर्क गुरुङ च्यु ल्होसारको तमु राजा (म्रु) घोषित हुनु भएको थियो भने स्याङ्जाका दिनेश गुरुङ उप-विजेता हुन सफल हुनु भयो। विजेता दुबैजनालाई क्रेगी, प्रमाणपत्र, ट्रफी र नगद पुरस्कारले सम्मानित गरिएको थियो। रमाइलो डोरी तान्ने प्रतियोगिताका विजयी लमजुङ सेवा समाज कतारको समूहलाई समाजको लोगो अंकित खादा, प्रमाणपत्र र नगद पुरस्कार हस्तान्तरण गरिएको थियो।

आपसी सद्भाव र सहकार्यको सुन्दर नमुना स्वरुप तमु प्ये ल्हु संघ कतारको महिला बिभागद्वारा कार्यक्रमका सभापति भाइकाजी गुरुङ, प्रमुख संरक्षक बिल बहादुर गुरुङ र महिला संयोजक डिल कुमारी गुरुङलाई क्रेगी र पछ्यौराले सम्मान गरिएको थियो। साथै महिला बिभागका संयोजक सारा गुरुङको नेतृत्वमा उपस्थित सम्पूर्ण महिला बिभागको तर्फबाट कोसेली हस्तान्तरण गर्नुभएको थियो। यसै मेसोमा आपसी भाईचारा र आपसी सहयोग र सद्भावको अर्को नमुना भनेको नेपाल प्रवासी तामाङ समाज कतारको सिंगो टिमबाट चू ल्होसारको शुभकामनाको ब्यानर सहित एक संस्थागत झाँकी समेत प्रस्तुत गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि आरके शर्माले तमुहरुको च्यु ल्होसारको शुभ अवसरमा शुभकामना ब्यक्त गर्दै यस विशेष अवसरमा तमु (गुरुङ) समाजले प्रमुख अतिथिको निमन्त्रणा दिएकोमा हार्दिक धन्यवाद प्रकट गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको थियो। उपस्थित वक्ताहरुले कार्यक्रम सफलता सहित च्यु ल्होसारको शुभकामना व्यक्त गर्नु भएको थियो। शुभकामना मन्तब्य ब्यक्त गर्ने अन्य महानुभावहरुमा प्रदेश समन्वय परिषदहरुको तर्फबाट प्रदेश नं १ का अध्यक्ष चुडामणी कार्की मातृसंस्थाहरुको तर्फबाट धिरेन तामाङ, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष कारीम बक्स मियाँ, तमू पे ल्हु संघ कतारका अध्यक्ष रबिन्द्र गुरुङ, नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष शिव भुजेल, कतारमा स्थापित संघ संस्थाहरुको तर्फबाट एनआरएनए एनसीसी कतारका प्रथम उपाध्यक्ष उत्तम गुरुङ लगायत हुनुहुन्थ्यो।

त्यस्तै कार्यक्रमको अन्त्यमा भाग्यशाली चिट्ठा उपहारको गोला प्रथा द्वारा निम्न कुपन नम्बर र व्यक्तित्वहरु पुरस्कृत भएको घोषणा गरिएको थियो।
१) 1st, प्रथम पुरुस्कार- १० ग्राम सुन सि.न. ०४४८, अन्जन थापा,
२) 2nd, दितिय पुरुस्कार, ट्याबलेट सि.न, ०१२७, सुभराज सुनुवार
३) 3rd, ३२ इन्च लेड ट्व्,१ थान- सि.न. ०३०४, बसन्त थापा
४) 4th, मोबाइल- सि.न. ०३२२, युनिसा गुरुङ
५) 5th, मोबाईल सि.न. ०४४६, नानिमाया ।
६) 6th, मोबाइल सि.न. १००५, सागर गुरुङ
७) 7th, मोबाईल सि.न. १११३, नारायण नबलपुर।
८) 8th, मोबाइल, नारायण नबलपुर सि.न, १३६६, प्रबेश लामा।

नोट: बिजयी महानुभाबहरुले अर्धकट्टी र कतारी परिचय पत्रसहित १५ दिनमा सम्पर्क गर्नु हुन् अनुरोध गर्दछौ।
अन्त्यमा कार्यक्रममा उपस्थित सम्पूर्ण आमन्त्रित अतिथिहरुको गरिमामय उपस्थितिको, नेपालबाट हाम्रो निमन्त्रणा स्वीकार गर्नु भई आउनु हुने अतिथि तीनै जना कलाकारहरु, यहाँ सहयोग गर्नुहुने सहयोगी व्यक्तित्व दाताहरु र विभिन्न संघसस्थाहरु निम्ति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै अन्य उपस्थित सम्पूर्ण संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, दोहावासी तमु तथा गैरतमु महानुभावहरु रति गरिमामय उपस्थितिसहित उहाँहरुको यो सद्भाव र सहयोगको निम्ति कृतज्ञता ब्यक्त गर्दै कार्यक्रमका अध्यक्ष भाइकाजी गुरुङद्वारा “च्यु ल्होसार तथा स्योकैं कार्यक्रम २०१९” को समापन गर्नुभएको थियो।

२८ डिसेम्बर, २०१९ दोहा, कतार





Comments

comments

33280
%d bloggers like this: