पुससम्म २० अर्बको सेयर निष्कासन

फाइल फोटो

चालू आर्थिक वर्षको पुषसम्ममा १६ कम्पनीले २० अर्ब रुपैयाँ बराबरको सार्वजनिक निष्कासन अनुमति पाएका छन्।

यो सार्वजनिक निष्कासन मत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.२ प्रतिशतले धेरै हो।

चालू आवको पुससम्ममा सार्वजनिक निष्कासन अनुमतिप्राप्त रकममध्ये १६.५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र धितोपत्र बोर्डले निष्कासन अनुमति दिएको हो।

नेपाल राष्ट्र बैंकले चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र निष्कासन गर्नुपर्ने व्यवस्था गरेसँगै ऋणपत्र निष्कासनमा वृद्धि देखिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ।

चालू आर्थिक वर्षको पुससम्ममा सार्वजनिक निष्कासनतर्फ भने गिरावट आएको छ । यो अवधिमा एक जलविद्युत् कम्पनीले करिब ३३ करोड ५१ लाख रुपैयाँ बराबरको निष्कासन अनुमति पाएकोमा सर्वसाधारणमा केबल सात करोड रुपैयाँमात्र बिक्री भएको थियो। यो समाचार कारोबार दैनिकमा छ।





Comments

comments

33499