Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

छबिले मलाई होइन, मैले छबिलाई बनाएको हुँ- रेखा थापा

नायिका तथा निर्माता रेखा थापा र निर्माता छबि ओझाबीचको दाम्पत्य जीवनमा फाटो आएपछि उनीहरुबीचको सम्बन्धमा निकै नै चिसोपना बढेको देख्न सकिन्छ।

छविले आफूलाई छुट्टिएपछि पनि दुःख दिएको भन्दै आफ्नो पूर्वपतिमाथि केही समयअघि रेखा थापा सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर जाइ नै लागिन्, जसले निकै चर्चा पनि पायो। तिनै रेखा र छवि बीचको चर्चा अझै सेलाएको छैन। रेखाले छविले आफूलाई बनाएको नभएर आफूले छविलाई बनाएको बताएकी छन्।

‘हिजो नमस्ते नेपालको टिनको छानामा बस्ने व्यक्तिको आफ्नो घर त बन्यो नि ,व्यानर बन्यो ,स्थापित प्रोड्युसर भए। हिजो नरेश पौडेल र श्याम खेतानको पछि थर्डमा हुन्थे,’ रेखाले छवि आफ्नै कारण व्यावसायिक रुपमा सफल भएको दाबी गर्दै भनेकी छन्,‘मैले फस्ट बनाए नि त। रेखा फिल्म्स् बनेपछि उहाँ सोले प्रोड्युसर बन्नुभएको हो। फिल्ममा अलरेडी मेरो नाम युज गरिन्थ्यो–रेखा थापाको हिम्मत,रेखा थापाको किस्मत। उहाँलाई त कसले चिन्थे र?’

यसैबीच,रेखाले अबको दुई वर्षभित्रै बिहे गर्ने बताएकी छन्। उनले आफूलाई बिहे गर्ने तिब्र इच्छा भएको र अहिलेसम्म भने कोही पनि फेला नपरेको संकेत गर्दै भनेकी छन्,‘अबको दुई वर्षमा बिहे गर्छु। मेरा लागि पनि कहीँ न कहीँ कोही न कोही त लेखेकै होला, आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ। भेटिएन भने पनि मसँग अथाह उमेर बाँकी नै छ। ५० वर्षको उमेरमै भए पनि गरौंला।’

थापाले सुदर्शन गौतमको प्रेममा रहे पनि उनीसँग बिहे हुने या नहुने बारे भने केही पनि बताएकी छैनन्। उनले सुदर्शनसँग प्रेम रहेको स्वीकार्दै भनेकी छन्,‘सुदर्शन र मेरो प्रेम छ। म उप्रति आशक्त भएँ।’





Comments

comments

3372