Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
ललिता प्रकरणले बैंकको ३ अर्ब जोखिममा – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

ललिता प्रकरणले बैंकको ३ अर्ब जोखिममा

फाइल फोटो

ललिता निवासको जग्गा धितोमा राखेर ऋण लिएका जग्गाधनीसमेतलाई अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले मुद्दा चलाएसँगै बैंकहरुको अर्बौं लगानी जोखिममा परेको छ।

अनधिकृत खरिदबिक्री गरिएको ललिता निवासको १ सय १४ रोपनी जग्गामध्ये केही जग्गाधनीहरुले सोही जग्गा धितोमा राखेर अर्बौं ऋण लिएका थिए । जग्गा जफत हुने अवस्था र दोषीलाई कारबाहीको समेत माग गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा चलाएपछि यस्तो जोखिम देखिएको हो।

अख्तियार स्रोतका अनुसार बैंकहरुले ललितानिवासमा करिब ३ अर्ब रुपियाँ लगानी गरेको खुल्न आएको छ । अख्तियारले विवादित क्षेत्रको जग्गा धितो राखेर व्यक्ति विशेषको नामबाट २ अर्ब ४१ करोड ६९ लाख ३६ हजार १ सय २५ रुपियाँभन्दा बढीको धितो पारित भई विभिन्न बैंक तथा वित्तिय संस्थाबाट कर्जा प्रवाह भएको देखिएको जनाएको छ। यो खबर नेपाल समाचारपत्रमा परिवर्तन देवकोटाले लेखेका हुन्।





Comments

comments

33764