कबि राईको भ्यालेन्टाइन गीत मुटुभरी सम्झना

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

धरान, हङकङमा बसोबास गर्दै आएका धराने गायक कबि राईले भ्यालेन्टाईन डे को अवसर पारेर आफ्नो नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

‘मुटुभरी सम्झना टाढाको लैजाऊ कोसेली यो मायाको’ बोलको प्रेमिल गीतमा अभिनय पनि गायक स्वयमको रहेको छ।

प्रेमिकाको सम्झना गर्दै गाईएको गीत मनोज चामलिंगको निर्देशन तथा छायांकनमा तयार भएको हो। ।भ्यालेन्टाईन डेको पूर्वसन्ध्यामा उक्त म्युजिक भिडियो सिल्भर इन्टरटेनमेन्टको युट्युब च्यानलबाट रिलिज गरिएको छ।

केहि महिना अगाडी मात्र उनले ‘म त कुनै फूल’ बोलको आफ्नो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका थिए। बिस्तारै आफ्ना अन्य गीतहरुको पनि म्युजिक भिडियो बनाउदै लाने गायक कबि बताउंछन्।

म्युजिक भिडियो लिंक





Comments

comments

33772