कुखुराको मासुमा कार्टेलिङ

फाइल फोटो

काठमाडौँ । पछिल्लो पटक दाना र चल्लाको भाउमा अत्यधिक रूपमा कालोबजारी भएको छ।

चल्ला र दानाको मूल्य निर्धारणमा उद्योगीको एकलौटी अधिकार भएकाले यसको कालोबजारी भएको हो।

कुखुरापालक किसानले दाना, चल्ला र कुखुराको मूल्य निर्धारण गर्ने अधिकार पोल्ट्री व्यवसायीको हातमा भएकाले यसको फाइदा उठाउँदै उनीहरूले बजारमा कार्टेलिङ गरेको आरोप लगाउँदै आएका छन । राष्ट्रिय कुखुरा पालक किसान सङ्घर्ष समितिका संयोजक विष्णु खड्काले पछिल्लो दुई महिनामा चल्ला र दानामा मूल्यमा सहनै नसक्ने गरी कार्टेलिङ भएको आरोप लगाए।

उनका अनुसार अहिले प्रतिक्विन्टल दानाको मूल्य तीन हजार ६०० रुपियाँ रहेको छ । पछिल्लो एक वर्षमा दानाको मूल्यमा ८५० रुपियाँ बढेको छ । सो अवधिमा प्रतिचल्ला ३० रुपियाँ पाइने गरेकोमा अहिले बढेर प्रतिचल्ला ७० रुपियाँ पुगेको छ।

यसको बजार केही व्यापारीहरूमा नियन्त्रित र बजार अनुगमन प्रभावकारी हुन नसकेकाले यो समस्या आएको भन्दै अध्यक्ष खड्काले भने, “बजार अनुगमन गरेर कारबाही गर्नुप¥यो नि खै अनुगमन । ” सरकारको काम उद्योगीले नाफा खाएको र किसानले घाटा खाएको साक्षी बस्नेबाहेक अन्य कुनै काम नभएको उनको आरोप छ। गोरखापत्रमा खबर छ।





Comments

comments

33778