हङकङमा नेपाली महिलामाथि दिनमै लुटपाट…

फाइल फोटो, द्रष्टव्यः पीडित महिलाको आफन्तको आग्रहमा सक्कली फोटो हटाइएको छ।

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ७ मार्च। हङकङमा शनिवार विहान एक महिलामाथि लुटपाट भएको छ।

याउ मा तेईस्थित टेम्पल स्ट्रिटमा बिहान करीब साढे १० बजेतिर एक नेपाली युवकले अर्की एक महिलाको कानको दुबै रिङ (कुण्डल) लुटेर लगेको समाचार स्रोतले जनाएको छ।

लुटपाटको बेला महिलाको कान च्यातिएको छ।

घटनाको नजिकै रहेका एक पुलिस अधिकारीले संदिग्धलाई पछ्याउन खोजे पनि सफल हुन सकेन।

दुवै कानमा चोटपटक लागेका पीडित महिलालाई उपचारको लागि अस्पताल लगिएको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

34377