पोखरा अडिसनबाट ‘नेपाल स्टार’को प्रसारण शुरुवात

.

पोखरा । गायन रियालिटी शो वाइवाइ नेपाल स्टारको प्रसारण शनिवार राति ९ बजेदेखि नेपाल टेलिभिजनमा हुदैछ।

नेपाल टेलिभिजनका लागि ‘कि इन्टरटेन्टमेन्ट एण्ड रिसर्च प्रा.लि ले उत्पादन गरेको शोको पहिलो एपिसोडमा पोखरा अडिसनलाई प्रसारण गर्न लागिएको कार्यक्रम निर्देशक रवि श्रेष्ठले जानकारी दिए। गत पौष २९ गते बाराही माबी मालेपाटनमा पोखरा अडिसन सम्पन्न भएको थियो।

शोमा गायक रामकृष्ण ढकाल, गायिका अन्जु पन्त र संगीतकार आलेकश्री निर्णायकको भूमिका देखिनेछन्। कार्यक्रम प्रस्तोताको रुपमा सन्जोक बस्याल र निशा पाठक रहेका छन्। पोखरामा लामो समय संचार क्षेत्रमा सक्रिय रहेर काम गरेका बस्याल पहिलो पटक टेलिभिजनको पर्दामा कार्यक्रम संचालकको भूमिकामा देखिदैं छन्।

‘नेपाल टेलिभिजनमा पहिलोपटक रियालिटी शो होस्ट गर्दैछु त्यो पनि मेरो प्यारो पोखराको अडिसनसंगै सुरुवात हुदैछ, यो गज्जबको संयोग जुरेको छ’,बस्यालले भने, ‘म निकै उत्साहित छु।’

बस्यालले पोखरा र पश्चिमाञ्चल आसपासका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका थिए। हाल उनी रेडियो कान्तिपुरमा कार्यरत छन्।
बस्यालसंगै प्रस्तोताको रुपमा रहेकी पाठक मिस ग्राण्ड नेपाल २०१९ की बिजेता हुन्। पाठकले कार्यक्रम बनाउँदा निकै मिहेनत गरेका कारण दर्शकहरुले मनपराउने विश्वास व्यक्त गरिन्।

‘एकदम खुशी लागेको छ ,नेपालको आफ्नै मौलिक शो होस्ट गर्न पाउँदा पाठकले भनिन्, ‘पहिलो एपिसोड भएकोले डर लागिराछ, विश्वास छ दर्शकहरुले मनपराउनु हुनेछ’।

कार्यक्रम निर्देशक श्रेष्ठले ४ देखि ५ वटा राउण्ड गरि कुल ३६ वटा एपिसोड प्रसारण गरिने जानकारी दिए। ‘हाललाई ३६ वटा एपिसोड छ तर बढ्न पनि सक्छ’,श्रेष्ठले भने ‘कस्तो किसिमको प्रतिक्रिया आउँछ भन्नेमा खुल्दुली छ तर जे जस्तो आउँछ त्यसलाई हामी स्विकार्छौं’ प्रतियोगिताको लागि सात प्रदेश र काठमाडौंसहित ८ स्थानमा अडिसन लिइएको थियो।

यो रियालिटी शोको पावर्ड वाइ टाइटलमा वृज सिमेन्ट, बैंकिङ पार्टनरमा सिद्धार्थ बैंक, लाइफ इन्स्योरेन्स पार्टनरमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी, रेड कार्पेट पार्टनरमा यती कार्पेट, डिजिटल पार्टनरमा की डिजिटल र रेडियो पार्टनरमा हिमालय एफएम नेटवर्क रहेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

34405