Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
स्विनडनमा शनिबार भ्वाईस अफ नेपालको कन्सर्ट हुदै – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

स्विनडनमा शनिबार भ्वाईस अफ नेपालको कन्सर्ट हुदै

.

बेलायतको स्विनडन शहरमा १४ तारिख शनिबारको दिन भ्वाईस अफ नेपाल सिजन -२ का बिजेता तथा फाइनालिस्टहरुको भब्य कन्सर्ट आयोजना हुने भएको छ।

केएस एस इन्टरटेनमेन्ट ग्रुपको आयोजना तथा व्यस्थापनमा स्विनडनस्थित एमइसीए रीजेन्ट सर्कस हलमा आयोजना हुने कार्यक्रमको लागि सम्पूर्ण तयारी पूरा भैसकेको ग्रुपका सुरेश कुमार परियारले बताए।

अहिले युके टुरमा रहेको भ्वाईस अफ नेपाल सिजन -२ को टोलीमा बिजेता राम लिम्बूसंगै याङ्की याल्मो, बिकाश लिम्बु, सनिश श्रेष्ठ र अन्जु राना मगरसंगै चर्चित प्रस्तोता तथा भ्वाईस अफ नेपालका प्रमुख सुशील नेपाल पनि छन्।

.

अल्डरशट, बसिंगस्टोकमा भएको कन्सर्टहरु एकदमै सफल रहेको र स्विनडनको कन्सर्ट पनि सफल हुने र टिकटहरु पनि लगभग सकिसकेको आयोजक केएस एस इन्टरटेनमेन्ट ग्रुपले जनाएको छ।

स्विनडनको कन्सर्टमा स्थानीय होस्टमा सिर्जना निन्ग्लेकु रहेकी छिन् भने स्थानीय गायकमा मिलन राईको समेत प्रस्तुति रहनेछ साथै कार्यक्रमको अन्त्यमा युकेको टप डिजे एलेक्सले दर्शकहरुलाई नचाउनेछन्।

याक द हिमालयन किचेन, मोमो किङ्ग, कोब्रा वर्ल्ड बियर, माल्बांड बोन्डको प्रायोजनमा केएस एस इन्टरटेनमेन्ट ग्रुपले कार्यक्रम आयोजना गर्न लागेको हो।

.

प्रोमो लिंक https://youtu.be/_vI3stF7O_A





Comments

comments

34535