प्रचण्ड सेरेमोनियल राजा चाहन्थे…

काठमाडौं पुस १३, उपप्रधानमन्त्री एवम् एमाले उपाध्यक्ष वामदेव गौतमले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेरोमोनियल राजा राख्न ईच्छा गरेको खुलासा गरेका छन्।

राष्ट्रिय पहिचान (चिनारी) पृथ्वीनारायण शाह रष्ट्रिय एकता दिवस तथा पृथ्वी विचार अभियानले शनिवार राजधानीमा गरेको कार्यक्रममा बोल्दै गौतमले यस्तो खुलासा गरेका हुन्।

‘माओवादीले मलाई वार्ताका लागि मध्यस्थता गर्न भने। त्यसबेला प्रधानमन्त्री चन्द हुनुहुन्थ्यो। मैले दरबारमा यो कुरा पुर्‍याएँ। दरबारबाट माओवादीको वार्ताको बटमलाईन के हो बुझ्नु भन्ने खबर आयो’, वामदेवले भने, ‘त्यसपछि मैले कामरेड प्रचण्डलाई सोधेँ। उहाँले आफुहरुको बटम लाईन सेरोमोनियल किंङ्ग भए बताउँदै त्यो कुरा नभन्नु भने ।’

०४७ सालको परिवर्तनपछि राजा वीरेन्द्रसँग आफनो सम्बन्ध राम्रो रहेको र महत्वपूर्ण बिषय लालमोहर लगाउँदा आफूसँग उनले सल्लाह लिने गरेको समाचार अन्नपूर्णपोष्ट दैनिकमा छापिएको छ। तर राजा बीरेन्द्रको हत्या हुदा आफू स्तब्ध भएको बताउँदै उनले त्यसपछिका राजाले आफना कुरा नसुनेको गौतमले गुनासो गरे।

बीरेन्द्रको हत्या भएपछि संसदले समेत श्रद्धान्जली नदिएको जनाउँदै वामदेवले त्यसकालागि दरबारबाट समेत प्रस्ताव नआएको बताए। गौतमले इतिहासलाई अहिलेको वातावरणले नहेर्न र त्यसबेलाको परिस्थिति अनुसार समीक्षा गर्न समेत आग्रह गरे।





Comments

comments

3478