Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एनसीआई ग्रूपको प्रथम अधिवेशन सम्पन्न

सुमलकुमार गुरूङ / एचकेनपाल डट कम –
लण्डन। दिनांक २८ डिसेम्बर २०१४को दिनमा चाथम, बेलायत स्थित गुर्खा भिलेज रेस्टुरेन्टमा नेपाल कोअपरेटिभ ईन्भेष्टमेन्ट लिमिडेट (एनसीआई ग्रूप)को प्रथम अधिवेशन सम्पन्न भएको छ।

एनसीई ग्रूप बेलायतका व्यावसायी तथा सर्वसाधरण व्यक्तिहरुद्वारा खोलिएको एउटा नाफामुलक कोअपरेटिभ संस्था हो। हालसम्म ९९ मेम्बरहरु अर्थात शेयर, होल्डरहरु यस संस्थामा संलग्न रहेको छ। गत वर्षदेखि मोहन गुरुङको संयोजनमा पाँच जनाको तदर्थ समिति गठन गरि विधिवत रुपमा बेलायतको कानून बमोजिम कम्पनी हाउसमा संस्थालाई दर्ता गरेर यस संस्थालाई सञ्चालनमा ल्याएको थियो।

संस्थाको पहिलो अधिवेशनमा झण्डै संस्थाका ६४ प्रत्तिशत मेम्बरहरु सहभागी रहेका थिए। तदर्थ समितिका संयोजक मोहन गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनलाई संस्थाकी सदस्य सुस्मिता गुरुङले सञ्चालन गरेकी थिईन्। पहिलो अधिवेशनलाई तदर्थ समितिका संयोजक मोहन गुरुङले पानसमा द्वीप प्रज्वलन गरेर प्रारम्भ गरेको थियो।

अधिवेशन प्रारम्भ हुनु अगावै अहिलेसम्मको जम्मा पूँजी र शेयर होल्डरहरुले जम्मा गरेका रकम विवरण सूचनाका लागि सूचनापाटीमा टाँस गरेर राखिएको थियो । तदर्थ समितिका सचिव अर्कराज तिम्सिनाले हालसम्म संस्थाद्वारा सम्पन्न गरेका कार्यहरुबारे प्रत्तिवेदन प्रस्तुत गरेपछि हलले पारित गरेको थियो । लगत्तै आर्थिक विवरणको प्रत्तिवेदन तदर्थ समितिका कोषाध्यक्ष एलएन पान्डेले पावर प्वाईन्टको माध्यमबाट पेश गरेका थिए। सामान्य छलफलपछि आर्थिक विवरणलाई हलले पारित गरेको थियो। सातजनाको विधान मस्यौदा तैयारी समितिद्वारा तैयार गरिएको विधान मस्यौदा एलएन पान्डेले प्रस्तुत गरेका थिए । प्रस्तुत विधान मस्यौदामाथि व्यापक छलफल गरे पश्चात विधानलाई केहि संशोधन गर्ने गरि हलले पारित गरेको थियो।

प्रथम चरणको अधिवेशन सबै प्रत्तिवेदनहरु पारित भईसकेपछि तदर्थ समितिको विघटन संयोजक मोहन गुरुङले उद्घोष गरेका थिए तथा सुमलकुमार गुरुङको संयोजनमा हरि गुरुङ तथा कुमार श्रेष्ठ सहितको तीन सदस्यीय निर्वाचन मण्डललाई नयाँ कार्यकारी समिति अर्थात बोर्ड अफ डाईरेक्टरहरुको चयन सम्पूर्ण उपस्थित सदस्यहरुबाट गर्नका लागि आग्रह गरेको थियो। निर्वाचन मण्डलले निर्विरोध मोहन गुरुङको अध्यक्षतामा क्रमशः सचिव अर्कराज तिम्सिना, कोषाध्यक्ष एलएन पान्डे, कार्यकारी सदस्यहरुमा क्रमशः शाहदेव गिरी, विष्णु त्रिपाठी, रणजिता सिंहमल्ल तथा सुरज केसी सहितको सात सदस्यीय कार्यकारी समितिको चयन गरेको छ।

कार्यकारी समितिको कार्यकाल ३६ महिनाको रहनेछ। अन्तमा सुमलकुमार गुरुङले नवगठित कार्यकारी समितिलाई शपथ ग्रहण गराएर बधाई ज्ञापन गरेका थिए। सभालाई भर्खरै चयन भएका अध्यक्ष मोहन गुरुङले आफ्नो संस्थाप्रत्तिको प्रत्तिबद्धता जाहेर गर्दै सबैलाई आभार तथा धन्यवाद ज्ञापन गरेर अधिवेशन समापन गरेका थिए। त्यसदिनको भोजन र जलपानको व्यवस्थापन गुर्खा भिलेज रेस्टुरेन्टको सौजन्य रहेको थियो।





Comments

comments

3518