Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

साथीको छोरी लिएर हराएपछि…

काठमाडौं, १५ पुस। गत बुधबार महानगरीय प्रहरी अपराध महाशाखामा सनसनीपूर्ण सूचना आयो। अलितपुरको अल्का अस्पतालका मालिक कुमार थापा एक किशोरीलाई लिएर गाडीमा बेपत्ता भए।

मोबाइल समेत अफ भएपछि किशोरीका आफन्तले यौन शोषणका लागि लिएर गएको आशंकामा उजुरी गरे र साँझ करिब पाँच बजेतिर थापाको मोबाइल खुला भएपछि महाशाखाकी डीएसपी मीरा चौधरीले तत्काल उनलाई हनुमानढोकामा आउन आदेश दिइन्। थापा किशोरीलाई घरमा छाडेर डराउँदै हनुमानढोका पुगे।

सोधपुछ गर्नेक्रममा आश्चर्यजनक तथ्यहरु फेला परे। थापाले आफ्नो कारमा लिएर गएकी युवती प्रवीण नेपालकी छोरी हुन्। प्रवीण नेपाल थापाकै साथी हुन्, जसलाई थापाले हालत जेल हालेका छन् । बुबालाई छुटाइदिने भन्दै थापाले ती किशोरीलाई कारमा लिएर हिँडेका थिए। प्रवीणको जेल कहानी पनि निकै रोचक छ।

थापाको अल्का अस्पतालभित्र अवैध धन्दाहरु हुन्छन् भन्ने उजुरी केही महिनाअघि नेपाल मेडिकल काउन्सिलमा पुग्यो। खासगरी अबैध गर्भपतन र कानुनुले बन्देज गरेको गर्भमै अल्ट्रासाउन्डमार्फत छोराछोरी छुट्याउने धन्दाबारे प्रमाणसहित उजुरी परेको समाचार आजको दृष्टि साप्ताहिकमा छापिएको छ।





Comments

comments

3506