Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सुन भन्दै फलाम धितो राखेर लाखौँ रुपैयाँ कर्जा लिने पक्राउ

काठमाडौं, १५ पुस। फलाम धितो राखेर सुनबराबरको लाखौँ रुपैयाँ कर्जा लिई बैंक ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। नक्कली सुन धितो राखेर जनता बैंक ठगी गर्ने सिन्धुपाल्चोकका मोहन सुनुवार पक्राउ परेका हुन्।

सुनुवारले सुनको लेप लगाइएको करिब एक किलो फलाम धितो राखेर २८ लाख ५९ हजार रुपैयाँ कर्जा लिएका हुन्। पछि बैंकले शंका लागी छानबिन गर्दा उनले सुनको भनेर राखेका गहना फलामको रहेको पाइएको थियो । बैंकले नियन्त्रणमा लिई तीन साताअघि उनलाई प्रहरीमा बुझाएको थियो। मिलेमतोका आशंकामा बैंकका कर्मचारी सगुन ताम्राकारलाई पनि प्रहरीले पक्राउ गरेको समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ।

जनता बैंकको चाबहिल शाखाबाट उनले १६ पटक कर्जा लिएका थिए। बैंकका एक सुरक्षा गार्डले सुनुवारलाई चिनेपछि बैंक थप ठगिनबाट जोगिएको हो। सुनुवार बैंकमा कर्जा लिन आएको देखेपछि बैंकका एक गार्डले उनको विगतबारे बैंक मेनेजरलाई बताएका थिए। सुनुवारले पहिला पनि त्यसैगरी सिन्धु विकास बैंक र नेपाल बैंकलाई ठगी गरिसकेका थिए। तर, ती बैंकले आन्तरिक रूपमा उक्त केस मिलाएका थिए।

जनता बैंकमा काम थालेका सुरक्षा गार्ड पहिला नेपाल बैंकमा काम गर्थे। त्यहीवेला उनले उक्त बैंकमा पनि नक्कली सुन राखेर कर्जा लिएको थाहा पाएकाले जनता बैंकमा आउनेबित्तिकै चिनेका थिए।





Comments

comments

3508