Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हराएको विमान जाभा समुद्रमा दुर्घटनाग्रस्त, ४० शव भेट्टियो

एजेन्सीहरू / एचकेनेपाल डट कम –
काठमाडौं, १५ पुस। गत आइतवार विहान बेपत्ता भएको विमान खोज्ने क्रममा इन्डोनेशियाको जल सेनाले दुर्घटनाग्रस्त विमानका टुक्राहरूसहित कम्तीमा ४० जनाको शब फेला पारेको छ।

जाभा समुद्रमा केही शंकास्पद बस्तुहरू देखिएपछि खोज्ने क्रममा तैरिएका अवस्थामा ती शवहरू फेला परेको जनाइएको छ।

इन्डोनेशियाबाट सिंगापुरतर्फ उडेको एयर एशियाको विमान फ्लाइट नं. QZ8501 आइतवार विहान बेपत्ता भएको थियो। यात्री र चालक दलहका सदस्य गरी १६२ जनासहित उडेको विमान स्थानीय समय अनुसार ०७:२४ कन्ट्रोल रूमसंग सम्पर्क टुटेको थियो।

इन्डोनेशियाको सुराबयाबाट उडेको विमानले अन्तिम पटक कन्ट्रोल रूमसंग कुनै वैकल्पिक रूटबारे कुरा गरेको थियो। खराब मौसमका कारण विमानले निर्धारित रूटभन्दा माथिबाट उडान भर्न एटीसीसंग अनुमति मागेको केही बेरमा विमान बेपत्ता भएको थियो।

विमानमा इन्डोनेशियाका १५६, दक्षिण कोरिया ३, सिंगापुर १, मलेसिया १ र फ्रान्सका १ जना नागरिक सवार थिए।


फाइल फोटोः





Comments

comments

3481