Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भेडेटार फुड फेष्टिवल सुरु

सन्ताष काफ्ले/ एचकेनेपाल डट कम –
सुनसरी, १६ पुस। पूर्वको प्रमुख पर्यटकीय स्थल भेडेटारको प्रचारप्रसार र प्रर्वद्धन गर्ने उद्येश्यले हुने तीनदिने तेस्रो भेडेटार फुड फेष्टिवल सुरु भएको छ।

होटल एशोसिएशन भेडेटारको आयोजानमा बुधवारदेखि तीन दिने फुड फेस्टिवल सुरु भएको हो। फेस्टिवलको सभासद् मनोहर नारायाण श्रेष्ठ र नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेले गरेका थिए। फेस्टिवलको उद्घाटन कार्यक्रममा वोल्दै मुख्य सचिव पौडेलले भेडेटारको पर्यटन प्रर्बद्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले नेपाल आर्थिक हिसावले सुविधा सम्पन्न राष्ट्र नभए पनि प्राकृतिक रुपमा धनि राष्ट्र भएको वताउदै यसको प्रचारप्रसार र प्रवद्धृन गर्ने सके नेपाल आर्थिक रुपमा सम्पन्न हुने दावी गरे। प्रर्याप्त साधन स्रोत नभए पनि भएको साधन स्रोतको समेत सदुयोग गर्न नसकेको वताए।

उनले आफ्नो क्षेत्रको विकासका लागि सरकारको मात्र मुख ताक्न नहुने भन्दै स्थानीय स्तरवाट पनि लागी पर्नु पर्नेमा जोड दिए। भेडटारको विकासमा स्थानीय तहवाट भएको कामको प्रशंसा गर्दे उनले भेडेटारको विकासमा अझ सरकारको तर्फवाट सहयोग गर्ने पहल गर्ने वताए।

धरानदेखि करीब १७ किलोमिटर उत्तरमा रहेको भेडेटार पूर्वकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्छ। हरदम चिसो मौसम रहने भेडेटारमा अंग्रेजी नयाँ नयाँ बर्षको अवसर पारेर पर्यटन प्रवद्र्धन गर्ने उद्येश्यले फेष्टिवल आयोजना गरेको एसोसिएसनका अध्यक्ष लिलाराज लावतीले जानकारी दिए।

धरान र धनकुटाको पर्यटन प्रर्वद्धनमा भेडेटारको उल्लेख्य भूमिका रहेकाभन्दै उनको यसको अझ प्रचारप्रसार गर्न सके पर्यटनसगै आथिर्क विकास पनि हुने भएकोले आफूहरुले अंग्रेजी नयाँ बर्ष २०१५ को अवसरमा फेष्टिवलको आयोजना गरिएको जानकारी दिए।

फेष्टिवलमा विभिन्नजाति परिकारका स्टलहरु, अर्गानिक खानाका स्टल, स्थानीय कृषि उत्पादनका स्टलहरु राखिएको आयोजक होटल एशोसिएशन अफ भेडेटारले जनाएको छ। फेष्टिवलमा २५ विविध प्रकारका स्टलहरु छन् भने करिब २० हजार पर्यटकहरु सहभागी हुने आयोजकको अनुमान छ। करिब १५ लाख खर्च हुने अनुमान गरिएको फेष्टिवलको अवधिमा भेडेटारमा करिब डेढ करोडको कारोबार हुने आयोजकको अपेक्षा रहेको छ।

फेस्टिवलको उद्घाटनको अवसरमा भेडेटारमा विभिन्न जात जातिका झाँकीहरु समेत प्रदर्शन गरिएको थियो। सो अवसरमा आयोजक होटल एसोसिएसनले धनकुटमा पत्रककार सिद्धराज राई लई नगद ५५ सयसहित पुरस्कृत गरेका थियो। उद्घाटन कार्यक्रममा सहभागी वक्ताहरु भेडेटार पूर्वकै प्रमुख पर्यटकीय स्थल भए पनि राज्यको तर्फवाट उपेक्षित हूदै आएको भन्दै सरकारकोा ध्यानाकर्षकर्ण गराएका थिए।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

3532