Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यस्तो रहेछ माघ ८ मा संविधान नआउँने कारण…

काठमाडौं,१८ पुस। बाहिर–बाहिर प्रमुख दलका प्रमुख नेताहरुले माघ ८ गते संविधान आउँछ भन्न अझै छाडेका छैनन्। तर, पार्टीका आन्तरिक बैठक र आफू नजिकका पत्रकारहरुसँग नेताहरुले भन्न थालेका छन्– यो माघ त गैगयो। नेताहरुलाई एउटा भय के छ भने माघ ८ मा संविधान आउँदैन भनेर बाहिर भन्दा आलोचना हुन्छ भन्नेछ।

सभामुख सुवास नेम्वाङले ७ गते पनि माघ ८ मा संविधान आउन सक्छ भन्दै हिंड्छन्, अहिले नेताहरु पनि उनकै बाटोमा लागेका छन्। कसैले पहिला मुख खोल्ने भन्ने मात्र हो, तर नेताहरुले माघ ८ मा आउँदैन भनेर आन्तरिक रुपमा भने सबै तहमा आफ्ना कुरा पुर्याएका छन्। यो त समयको मात्र कुरा भयो। माघ ८ मा संविधान नआउने प्राविधिक विषय मात्र होइन। यसका पछाडि प्रमुख दलका आ–आफ्ना गम्भीर चासोहरु छन्। ती चासो सम्बोधन नहुँदासम्म यो माघ त के अर्को वर्षको माघमा पनि संविधान नआउने निश्चित छ। अहिले प्रक्रियाबाट भए पनि संविधान बनाउँछौं भनेर कांग्रेस एमालेका नेताहरुले भनिरहनुको पछाडि त विपक्षीहरुका कारण संविधान बनेको होइन भनेर सन्देश दिनु मात्र हो।

खासमा कांग्रेस–एमालेकै शीर्ष नेताहरु पनि माघ ८ मा संविधान चाहँदैनन्। विपक्षी एमाओवादी र मधेशी दलका लागि पनि ८ माघमा संविधान चाहिएको छैन। संविधान निर्माणको प्रक्रिया कम्तीमा तीन महिनाको हुन्छ अब तीन साता मात्र बाँकी छ समय। तर, पनि नेताहरुले झूट बोल्न छाडेका छैनन्। नेताहरुका आ–आफ्नो चासोमा अन्तर्राष्ट्रिय समुदायको पनि भूमिका रहेको देखिन्छ।

त्यसो भए नेताहरुका चासो के हुन् त? यो पनि रोचक नै छन्। कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइरालालाई ८ माघमा संविधान जारी गर्नु छैन। पहिलो कुरा उनी एमाले अध्यक्ष ओलीले भने जस्तो सबैको विरोध रहँदारहँदै पनि संविधान बनाउने पक्षमा छैनन्। सकेसम्म सहमति गर्ने उनको दाउ छ। त्यसबाहेक उनी माघ ८ मा संविधान बनाउन किन हतारमा छैनन् भने संविधान बनाएपछि आफ्नो पद गुम्छ भन्ने उनलाई राम्रेसँग थाहा छ। जानी जानी आफ्नो पद हतारमा किन धरापमा पार्ने भन्ने कुरा उनका निकटकाहरुले पटक पटक सम्झाइरहेका छन्।

पार्टीका नेता, सभासदेखि कार्यकर्तासम्मले सत्ताको लाभ लिइरहेको बेला किन सरकार छाड्न हतार गर्ने भनेर कांग्रेसभित्रै यो विषय छलफलमा रहने गरेको कांग्रेसका एक सभासद्ले बताए। कांग्रेस सभापति एवं प्रधानमन्त्री कोइराला अर्को राणनीतिक कदममा पनि छन्। सकेसम्म उनी महाधिवेशनसम्म आफ्नो पद छाड्न चाहँदैनन्। सरकारमा रहेकै बेला महाधिवेशन भए सभापति बन्न कसैले नरोक्ने उनको बुझाइ छ। पार्टी सभापति भएपछि कार्यवाहक कोइराला परिवारकै सदस्यलाई दिने र त्यसपछि मात्र राष्ट्रपति बन्ने उनको योजना छ। उनी त्यही योजनामा लागेका कारण संविधान बनाउन उनको हतार छैन।

यदि सरकारमा नभएको बेला महाधिवेशन भए सभापति शेरबहादुर देउवा हुने ब्रिफिङ संस्थापन पक्षका नेताहरुले कोइरालासामु राखेका छन्। यसमा कोइराला कन्भिन्स छन्, स्रोतले भन्यो।

कांग्रेस सभापति कोइरालाको जस्तै एमाले अध्यक्ष पनि माघ ८ मा संविधान ल्याउन नचाहने नेतामा छन्। उनले बाहिर जतिसुकै हल्ला गरे पनि भित्रै देखि उनी ८ माघमा संविधान आउनुपर्छ भन्नेमा छैनन्। ओली पहिलो मिसन भारत र चीनलाई खुसी पारेर संविधान बनाउन पहल गरेका छन्। संघीयता लगायतका विषयमा उनको अडान त्यसैको उपज हो। भारत र चीनलाई खुसी बनाएर संविधान बनाउन सके भावी प्रधानमन्त्रीको लागि सहज हुने ओलीको बुझाइ छ।

स्रोतका अनुसार आजको दिनसम्म ओलीले आफ्नो च्यानल ठीक पार्न सकेका छैनन्। उनी ८ माघ संविधान आए पनि प्रधानमन्त्री बन्ने अवस्थामा छैनन्। आफ्नो प्रधानमन्त्री पद सुनिश्चित नभएसम्म ओली संविधान जारी गर्न दिने पक्षमा छैनन्। संविधान पनि बन्ने र प्रधानमन्त्री पनि अरु कोही हुने भयो भने विरामी ओलीका लागि त्यो ठूलो झट्का हुने एमालेका नेताहरुको बुझाइ छ। ‘अनिश्चित प्रधानमन्त्रीको दौडले ओलीलाई अप्ठ्यारोमा पारेको छ। यसैको कारण उनी ८ माघमा संविधान बनाउन चाहँदैनन्’ एमाले स्रोतको भनाइ छ।

सत्तारुढ दलहरुका जस्तै विपक्षीहरुका पनि आफ्ना चासो छन्। आफूले उठाएका मुद्दा सम्बोधन नहुने संविधानको औचित्य नभएपछि ८ मा संविधान आउनुपर्ने कारण विपक्षीहरुका लागि आवश्यक भएको छैन। सत्तारुढ दलहरु संघीयता, शासकीय स्वरुपदेखि निर्वाचन प्रणालीसम्ममा पछाडि हटेका छन्। यो बेला एकीकृत माअ‍ोवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मधेशी नेताहरु विजय गच्छदार, महन्थ ठाकुर र उपेन्द्र यादव पनि ८ माघ टार्यो भने राजनीतिक पहलकदमी आफ्नो नजिक आउने बुझाइमा छन्। (जनआह्वान साप्ताहिक)





Comments

comments

3547