Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

शताब्दी पुरुष जोशीलाई सरकारबाट १० लाख सहयोग

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १९ पुस। नेपाल सरकारले शताब्दी पुरुष डा.सत्यमोहन जोशीको उपचारको लागि लाग्ने सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरेको छ।

हालसम्म ९ लाख ६७ हजार रुपियाँ जोशीको उपचारमा खर्च भैसकेको त्रिमूर्ति निकेतन तथा नइ प्रकाशन संस्थापक तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए। नइ प्रकाशनको पहलमा जोशीलाई मङ्सिर २१ गते काठमाडौंको वयोधा अस्पतालमा भर्ना गरिएको थियो।

डा. जोशीको स्वास्थ्य स्थिति बुझ्न र शुभेच्छा प्रकट गर्न केही दिनअघि उपप्रधानमन्त्रीद्वय वामदेव गौतम तथा प्रकाशमान सिंह, शान्ति तथा कानुन मन्त्री नरहरि आचार्य, स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारी र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की अस्पताल गएका थिए। साथै विभिन्न दलका अध्यक्ष र नेताहरूको पनि डा. जोशीलाई शुभकामना दिन अस्पताल जानेक्रम रहेको छ्र।

प्रसाईका अनुसार डा.जोशीप्रति शुभेच्छा र सुस्वास्थ्यको कामनाका लागि वाङ्मयकर्मीहरूको अस्पताल जाने क्रम भइरहेको छ।

फोक्सो (Pleural Effusion) को रोगका कारण जोशीलाई अस्पताल भर्ना गरिएको थियो। जोशीको फोक्सोबाट २ लिटर पानी निकालिएको थियो। फोक्सोमा पानी जम्मा भइरहने कारण दाहिने पटि्ट छातीमा शल्यक्रिया गरेर ट्युब राखिएको थियो र हाल सो ट्युव पनि हटाइएको छ। अहिले जोशीको स्वास्थ्यमा निक्कै सुधार भएको छ। उनले सेवन गर्दै आएको एन्टिबाएटिकहरु शुक्रवारदेखि बन्द गरिएको छ। चिकित्सकले अझै एक साता अस्पतालमा बस्नु पर्ने सल्लाह दिएका छन्।

डा.श्यामबहादुर पाण्डेको नेतृत्वमा डा.सङ्गीतलाल कसजु, डा.विनोद कार्की, डा.विश्वकुमार श्रेष्ठ र डा.चिरञ्जिवी पन्तको टोलीले जोशीको उपचार गरिरहेको छ।


फाइल फोटोः डा.सत्यमोहन जोशी





Comments

comments

3557