बेलायतमा साहित्य वेविनार कवि गोष्ठी

फाइल फाेटाे

सम्वाददाता / एचकेनेपाल डट कम –

लन्डन, नेपाली साहित्य विकास परिषद यूकेको आयोजनामा शनिबार अनलाइन साहित्य कवि गोष्ठी साहित्य वेविनार सम्पन्न भएकाे छ।

लन्डनको केन्द्र विन्दूबाट परिषदका सल्लाहकार कृष्ण भट्टको संयोजन एवं सञ्चालन र परिषदका अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्लको सभापतित्व र संस्थापक तथा पूर्व अध्यक्ष सुरेशजङ्ग शाहको स्वागतमा सञ्चालित साहित्य वेविनार कवि गोष्ठीको प्रमुख अतिथि वरिष्ठ कवि साहित्यकार गोपाल पराजुलीले नेपालबाट मन्तव्य र कविता वाचनका साथ उद्घाटन गर्नु भएको थियो।

नेपाल तथा बेलायतका विभिन्न ठाउँहरूबाट जूम एपमा सहभागी सर्जकहरूले आ-आफ्ना कविता, मुक्तक, गीतगजल र छोटो मन्तव्यसमेत राख्नु भएको थियो।

यसरी सिर्जना वाचनमा सहभागी हुनुहुने १६ जना सर्जकहरूमा नेपालबाट वरिष्ष्ठ कवि साहित्यकार गोपाल पराजुली र चिरञ्जी ढकाल, बेलायतबाट रेशम अर्याल, डा. संगीता श्रेष्ठ ‘स्वेच्छा’, अजिता संखडा, विजय हितान, निर्पेश उप्रेती, खगेन्द्र नेपाली, दुर्गाप्रसाद पोखरेल, हरिसिंह थापा, ध्रुव केसी, कृष्ण भट्ट, सुरेन्द्र श्रेष्ठ, विराज भट्ट, कोमलप्रसाद श्रेष्ठ मल्ल र सुरेशजङ्ग शाह हुनुहुन्थो।

सभापतिको आसनबाट अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले कार्यक्रमको अन्तमा धन्यवाद ज्ञापन गर्नुहुँदै लकडाउनका कारण नेपाली साहित्य विकास परिषदका नियमित कार्यक्रमहरू रद्ध गर्न परेको अवस्थामा अब परिस्थिति अनुकूल नभइन्जेलसम्म परिषद्ले यस्तै अनलाइन वेविनारद्वारा साहित्यिक गतिविधिहरू अगाडि बढाउने जानाकारी गराउनु भयो।





Comments

comments

35884