
काठमाडौं, बन्दाबन्दीका कारण घरमै बस्नुपर्ने बाध्यताका कारण इन्टरनेटको प्रयोग उच्च छ।
कतिसम्म भने नेपालीले दैनिक १२ घन्टासम्म इन्टरनेटमा बिताउने गरेको पाइएको छ।
बन्दाबन्दीको समयमा इन्टरनेटको प्रयोग सम्बन्धमा चाइल्ड सेफ नेटले गरेको हालैको सर्वेक्षणले यस्तो देखाएको हो।
सबै प्रदेशलाई समेट्ने गरी वैशाख ५ गतेदेखि ९ गतेसम्म गरिएको उक्त सर्वेक्षणमा एक हजार २२८ जना सहभागी थिए। सहभागीमध्ये १५.२३ प्रतिशतले १२ घन्टासम्म इन्टरनेट प्रयोग गर्ने पाइएको हो। १२ घन्टाभन्दा बढी इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या ८.६३ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ। बन्दाबन्दीपूर्व १२ घन्टासम्म इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या केवल ४.५६ प्रतिशत मात्र थियो। यो समाचार गोरखापत्र दैनिकमा छ।