Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

‘मृत्युदण्ड जितेर आएँ’

काठमाडौं, २३ पुस। ‘मृत्युदण्डलाई जितेर नेपाल फर्किन्छु भन्नेमा मलाई पटक्कै विश्वास थिएन। तर आज म नयाँ जिन्दगी लिएर आएको छु,’ ११ वर्ष १ महिना जेल सजाएपछि कतारबाट स्वदेश आएका चन्द्रशेखर यादव मंगलबार राति भने, ‘मेरो जिन्दगी नेपाली जनता, नेपाली दुतावास र शुभचिन्तकहरुको उपहार र आशीर्वाद हो।’

सिरहा, बेल्हा–७, लक्ष्मीनियाका ४७ वर्षीय यादवलाई कतारमा एक इन्डोनेसियन युवती हत्याको आरोपमा त्यहाँको तल्लो र पुनरावेदन अदालतले मृत्युदण्ड दिने फैसला गरेको थियो। पुनरावेदनले चार पटक सदर गरेको फैसलालाई पछि सर्वोच्चले २०१० डिसेम्बरमा जेल सजाएमा झारिएको थियो।

आज प्रकाशित कान्तिपुर दैनिकमा खबर छ, कतारको राष्ट्रिय दिवसका अवसरमा यही डिसेम्बर १८ मा ३ वर्ष सजाय मिनाहा पाएर उनी रिहा भए। छुटेपछि घरफिर्ती केन्द्रमा बसेर ट्राभल डकुमेन्ट बनाई उनी स्वदेश आएका हुन्। त्रिभुवन विमानस्थलबाट साढे ९ बजे राति बाहिर निस्केका उनलाई लिन साला हरिनारायण यादव र भतिज रामशरण यादव पुगेका थिए।

‘उहाँ बाँचेर फर्किनुहुन्छ भन्ने आसै थिएन, भेट्दा खुसीको सिमै छैन,’ हरिनारायणले भने, ‘पहिलाभन्दा अलि बुढो र हिंडाइ थोरै सुस्त भएछ, अरु खासै केही फरक छैन्।’





Comments

comments

3613