Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सुनन्दाको हत्या भएको पुष्टि

नयाँदिल्ली, पुस २३ – भारतका पूर्वकेन्द्रीय मन्त्री शशी थरुरकी पत्नी सुनन्दा पुष्करको विष दिएर हत्या गरिएको प्रहरीले जनाएको छ। दिल्ली प्रहरीका आयुक्त बीएस बस्सीले मंगलबार हत्याको खुलासा गर्दै यो घटनामा अज्ञात समूहविरुद्ध उजुरी दर्ता गरिएको जनाए।

होटलमा सुनन्दाको शव फेला परेको करिब एक वर्षपछि प्रहरी यो निष्कर्षमा पुगेको हो। सुरुआती जाँचमा चिकित्सकहरूले औषधिको अत्यधिक सेवनले उनको मृत्यु भएको बताएका थिए।

‘कति विष दिइयो भन्ने भारतमा पत्ता लगाउन सकिन्न, विदेशमा नमुना पठाउनुपर्छ। यसका लागि उजुरी दर्ता गर्न आवश्यक थियो,’ उनले भने, ‘अब यो प्रक्रिया पूरा भएको छ, हामी अनुसन्धान गर्छौं। यो अप्राकृतिक मृत्यु हो भन्नेमा द्विविधा छैन।’

सन् २०१४ जनवरी १५ मा मन्त्री थरुरको ट्वीटर एकान्टबाट पाकिस्तानी पत्रकार मेहर तरारलाई गरिएको शृंखलाबद्ध ट्वीटका कारण सुनन्दासँग विवाद भएको थियो। ती ट्वीटले थरुर र तरारबीच सम्बन्ध रहेको संकेत दिएका थिए। सुनन्दाले यसमा आपत्ति जनाएकी थिइन्। उनको मेहरसँग समेत विवाद भएको थियो। आज प्रकाशित कान्तिपुर दैनिकमा खबर छ।

थरुरले त्यसको सफाइमा आफ्नो अकाउन्ट हयाक भएको जनाउँदै अर्को ट्वीट गरेका थिए। सुनन्दाले त्यसमा चित्त बुझाएकी थिइन्। ‘हाम्रो वैवाहिक जीवन सुखले बितिरहेको छ, यस्तै रहोस् भन्ने चाहना राख्छौं,’ अनधिकृत ट्वीटले असमझदारी उत्पन्न भएको भन्दै मन्त्री दम्पतीले सफाइ दिएको थियो।

यसको अर्को दिन १७ जनवरीमा दिल्लीको पाँचतारे लीला प्यालेस होटलको कोठा नम्बर ३४५ मा सुनन्दालाई रहस्यमय मृत्यु भएको अवस्थामा भेटिएको थियो।





Comments

comments

3615