कतारवासी तमूहरुको ल्होसार भब्यताका साथ सम्पन्न

बिल गुरुङ / एचकेनेपाल डट कम –
दोहा, कतार। तमू (गुरुङ) समाज कतारको आयोजनामा तमू ल्हु ल्होसार विशेष कार्यक्रम २०१५ भब्यताका साथ सम्पन्न भएको छ। कतारवासी तमूहरुले सल्वारोड स्थित क्वालिटी हाईपर मार्केटको सभाहलमा खचाखच भरिएको सहभागिहरुको बिचमा हर्सोल्लासका साथ यस वर्षको ल्हु ल्होसार मनाएका छन्।

प्रत्येक वर्ष पौष १५ गते पर्ने तमूहरुको महान राष्ट्रिय पर्व कतारको बस्तुस्थितिलाई ध्यानमा राखेर सार्वजनिक विदाको दिन गत २ जनवरी (पौष १८ गते) शुक्रवार मनाउने ब्यवस्था गरेको थियो। यस वर्षको ल्होसार त ल्हो (घोडा वर्ग) को विदाई गर्ने र ल्हु ल्हो (भेडा वर्ग) लाई स्वागत गर्ने हो । कुल १२ वटा ल्होमा प्रत्येक वर्ष एउटा ल्होले राज्य गर्दछ । चक्रिय प्रणाली जस्तो एउटा ल्होको पालो १२ वर्ष पछि दोहोरिएर आउने गर्छ । त्यसैले गत वर्ष त ल्होको वर्ष थियो भने यस वर्ष ल्हु ल्होको वर्ष सुरु भएको छ। अर्को वर्ष अर्कै ल्होले स्थान लिने गर्छ । कतारवासी तमूहरुले त ल्होको बिदाई गर्दै ल्हु ल्होलाई स्वागत गरि एक आपसमा शुभकामना आदनप्रदान गरि धुमधामसंग ल्होसार मनाएका छन्।

ल्हु ल्होसार बिशेष कार्यक्रम २०१५ आयोजक समितिका संयोजक तथा समाजका अध्यक्ष कृष्ण तमूको सभापतित्वमा औपचारिक कार्यक्रम सम्पन्न भएको थियो । कतारवासी नेपालीहरुको अबिभावकत्व गरि रहनु भएका नेपाली राजदुतावासका कार्यवाहक राजदुत तथा कार्यक्रमका प्रमुख अतिथि गणेशप्रसाद ढकालबाट द्विप प्रज्वल्लित गरि ल्होसार विशेष कार्यक्रम २०१५ विधिवत रुपमा उदघाटन भएको थियो । उक्त अवसरमा तमूहरुको मौलिक पोषाक ह्ेङा (भाङग्रा) लगाई दिएर समाजका संरक्षक बिलबहादुर तमूले प्रमुख अतिथि ढकाललाई सम्मान गरेका थिए।


दुई चरणमा विभाजन गरिएको उक्त कार्यक्रम समाजका प्रथम उपाध्यक्ष खेम तमूको स्वागत मन्तब्यबाट सुरु भएको थियो । महासचिव खुशीमान तमूले सञ्चालन गरेको औपचारीक कार्यक्रमका बिशेष अतिथिहरुमा समाजका संरक्षक बिलबहादुर तमू, एनआरएनए आईसीसी मध्यपुर्व सहसंयोजक पुर्ण केसी, एनआरएनए आईसीसी सदस्यहरु अमृत तमू र उमेश अधिकारी, एनआरएनए एनसीसी कतारका महासचिव बिनोद भट्टराई र नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष सियाराम चौधरी थिए । अन्य अतिथिहरुमा क्रमशः नेपाली जनसम्पर्क समितिका सभापति बिमल सुबेदी, प्रवासी नेपाली मञ्चका अध्यक्ष रामहरी गैह्े, नेपाली जनप्रगतिशिल मञ्चका अध्यक्ष होमनाथ शर्मा, नेपाल ईन्जिनियर्स एसोशिएशन कतार च्याप्टरका उपाध्यक्ष श्रीराम श्रेष्ठ, नेपाली महिला समाजकी अध्यक्ष रेखा राई, ब्यवसायीहरु प्रकाश तमू, उत्तम तमू, आरके शर्मा र समाजसेवीहरु कमलमणी गुरागाई, क्रान्ति सिंह, टुकराज अर्याल आदि थिए।


त्यसै गरी, विभिन्न संघ संस्थाका प्रतिनिधि अतिथिहरुमा नेपाल प्रवासी मगर संघका अध्यक्ष शरण थापा मगर, किरा“त याक्थुङ चुम्लुङका कोषाध्यक्ष हर्क खजुम, नेपाल प्रवासी तामाङ समाजका सदस्य कर्मसिंह लामा, थारु कल्याणकारीणी सभा कतार च्याप्टरका महासचिव भगवतिप्रसाद चौधरी थारु, नेपाल प्रवासी सुनुवार सेवा समाजका अध्यक्ष सोम सुनुवार, नेपाल प्रवासी भुजेल समाजका महासचिव शिव भुजेल, तमू प्ये ल्हु संघ कतारका अध्यक्ष जुद्धबहादुर (दुर्गा) तमू, अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष तिर्थसंगम राई, खस क्षेत्री सेवा समाजका अध्यक्ष रेशम बस्नेत क्षेत्री, गोर्खा सेवा समाजका अध्यक्ष आशबहादुर तमू (गोर्खा), कास्की आदर्श सेवा समाजका अध्यक्ष आशबहादुर तमू (कास्की), खोटाङ सेवा समाजका अध्यक्ष प्रकाश तमू, मोरङसुनसरी सेवा समाजका सचिव चिञ्जीवी तिमल्सीना, स्याङजा सहयोग समाजका अध्यक्ष रामु बस्याल, पाल्पा सेवा समाजका अध्यक्ष लिलम चिडी मगर, ओखलढुङगा सेवा समाजका अध्यक्ष अशोक सिङदम, धनकुटा सेवा समाजका अध्यक्ष दुर्गा तामाङ, चितवन यूवा समुहका अध्यक्ष भुमिराज कार्की, तनहु“ सेवा समाजका सुर्य लम्साल, ठकुरी सञ्जालका दिपक सेन ठकुरी, नवोदित साहित्यिक वाचनालयका अध्यक्ष भानु सुनुवार, अन्तरराष्ट्रिय कलाकार मञ्चका अध्यक्ष भबिन्द्र तामाङ, नेपाली कला केन्द्रका प्रविन राई, नेपाल पत्रकार महासंघ कतार शाखाका सचिव अजिज अलि, राजधानी अन्तरराष्ट्रिय साप्ताहिकका कतार संयोजक बिनेश तामाङ आदि थिए । नेपालबाट आमन्त्रीत अतिथि कलाकारहरु सबिना तमूस्यो र काजल तमूस्यो लगायत कतारमा कार्यरत राष्ट्रिय लोक दोहोरी गायिका देबिका केसी गुरुङ र गैरआवासीय नेपाली तारा २०१३ उपाधि बिजेता बिरेन्द्र श्रेष्ठ पनि अतिथिको रुपमा सहभागि थिए।

समाजका निर्देशक सल्लाहकार बिमल तमू, संस्थापक अध्यक्ष तथा सल्लाहकार रामबहादुर तमू, पुर्व अध्यक्ष वर्तमान सल्लाहकार तथा तमू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बुधबल तमू, पुर्व अध्यक्ष वर्तमान सल्लाहकार तथा तमू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यकारी अधिकृत जगन तमू, सल्लाहकार तथा तमू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष बुद्ध तमू, सल्लाहकारहरु मदन तमू र आशु तमू पनि अतिथिको रुपमा कार्यक्रममा सहभागि थिए । त्यसै गरि समाजको शाखा समितिका प्रतिनिधिहरुमा क्रमशः तमू सांस्कृतिक परिवारका अध्यक्ष राजन घले तमू, तमू प्ये ता“ ल्हु ता“ समितिका अध्यक्ष रस (शिव) तमू, तमू खेलकुद समितिका अध्यक्ष सुर्य तमू, महिला विभागकी संयोजक टौमाया तमूस्यो, पुर्वाञ्चल सम्पर्क समितिका संयोजक हरिकाजी तमू र पश्चिमाञ्चल सम्पर्क समितिका सहसंयोजक रनबहादुर तमू पनि कार्यक्रममा सहभागि थिए।

नेपालको राष्ट्रिय तथा तमूहरुको मौलिक महान पर्व ल्होसार कार्यक्रमले एक आपसमा भाईचाराको विकास गर्न मद्दत मिलेको छ र बिदेशमा पनि नेपाली मौलिक पर्वहरुको संरक्षण र सम्बर्धनमा सहयोग पु¥याएको छ भन्दै प्रमुख अतिथि कार्यवाहक राजदुत गणेशप्रसाद ढकालले ल्होसारको शुभकामना दिए । बैदेशिक रोजगारको शिलसिलामा कतारमा कार्यरत नेपालीहरु मध्य धेरै जनाले अझै पनि हस्तलिखित राहदानी प्रयोग गरि रहेका छन। त्यस्ता ब्यक्तिहरुले यो वर्षको नोभेम्बर २४ सम्ममा एमआरपी लिई सक्नु पर्छ अन्यथा आवात जावतमा समस्या आउछ । त्यसैले आउने जुन महिना भित्रमा एमआरपीको लागि आवेदन बुझाउन सबैलाई आग्रह समेत गरेका थिए।


कार्यक्रमको पहिलो सत्रमा शुभकामना मन्तब्य दिने विशेष अतिथिहरुमा पुर्ण केसी, उमेश अधिकारी, मक्सुद आलम र सियाराम चौधरी थिए भने अतिथिहरुमा, बिमल सुबेदी, रामहरी गैह्े, होमनाथ शर्मा, रेखा राई, शरण थापा मगर, तिर्थ संगम राई, अजिज अलि आदि थिए । कार्यक्रमको सुरुमा निर्देशक सल्लाहकार बिमल तमूले ल्होसार र तमू भाषा सम्बन्धमा जानकारी मुलक विचार राखेका थिए।

सम्मान कार्यक्रमः
समाजलाई विशेष योगदान पु¥याए वापत द्वित्तीय उपाध्यक्ष रस (शिव) तमू, कोषाध्यक्ष पमबहादुर तमू, सल्लाहकार मदन तमू र भलिबल टिम म्यानेजर लालकाजी तमूलाई क्रेगी (फेटा) र कदर पत्रबाट सम्मान गरिएको थियो । त्यसै गरि नेपालको सुदुर पुर्व ताप्लेजुङ जिल्ला फुलवारी गाविस जुकेटाहरमा तमू भाषा प्रशिक्षण र क्होईवो धिं निर्माणमा विशेष पहल गर्नु भएकोमा सहकोषाध्यक्ष धनबहादुर तमू, ताप्लेजुङ पुगेर समाजको तर्फबाट तमू भाषा प्रशिक्षण दिनु भएकी महिला विभागकी संयोजक टौमाया तमूस्यो र नेपाली लोक गीत र विशेष गरि दोहोरी गीतलाई कतारमा प्रबर्धन गर्न साथै समाजको हरेक कार्यक्रमहरुमा बिशेष सहयोग पु¥याए वापत राष्ट्रिय लोक गायीका देविका केसी गुरुङलाई क्रमशः क्रेगी (फेटा), क्रमु (पछयौरी) र सम्मानपत्रले समाजको तर्फबाट अध्यक्ष र प्रमुख अतिथिबाट सम्मान गरिएको थियो।

ल्होसार स्याई स्याईः
त ल्होको विदाई र ल्हु ल्होको स्वागत गर्ने कार्यक्रमलाई खेगी श्रीराज तमूले सञ्चालन गरेका थिए । आफनो मौलिक विधि मन्त्रोच्चारण गरि रुपा फुक्ने कार्य पछि रुपा लगाउने र आशिर्वाचन दिने परम्परालाई विधिवत रुपमा सम्पन्न गरियो । त ल्हो अन्तर्गतका प्रशिम तमू, मैताराम तमू, मदन तमू, मनप्रसाद तमू र ल्हु ल्हो अन्तर्गतका पार्वती तमूस्यो, टौमाया तमूस्यो, काजल तमूस्यो, सुर्य तमू, धनबहादुर तमू, मदन तमू, नगेन्द्र तमू, किरन तमू, सोम तमू, राजु तमू, मुक्ति तमू र निशान तमू लगायतलाई खेगिबाट रुपा लगाउने र आशिर्वाचन दिने कार्य सम्पन्न गरिएको थियो।

सिर्सेकोट गाउँको गीती भिडीयो मुलको चिसो पानी बिमोचनः
तमू समाज कतार महिला बिभागकी संयोजक टौमाया तमूस्योको स्याङजा जिल्ला स्थित आफनो जन्म गाउ“ सिर्सेकोटलाई थप पर्यटकिय गाउ“को रुपमा बिकास गर्न सहयोग पु¥याउने उद्धेश्यले तयार पारिएको सिर्सेकोट गाउ“को गीती भिडीयो ल्होसार बिशेष कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथिहरु र अतिथिहरुबाट बिमोचन गरियो। टौमाया तमूस्योको शब्द र अभिनयमा सजिएको उक्त भिडीयो निर्देशन माधव तमूले गरेका छन । गुप्त तमूको संगित रहेको गीती भिडीयोको नृत्य निर्देशन सविना तमूस्योले गरेकी छिन भने व्यवस्थापनको जिम्मेवारी दिलु तमूले लिएका थिए । उक्त भिडीयोको सहयोगि संस्थाहरुमा तमू (गुरुङ) समाज कतार र श्री फुलवारी जनहित यूवा क्लब सिर्सेकोट रहेका छन । स्मरणीय विषय के छ भने टौमाया तमूस्यो स्यवं एक कुशल नृत्यङगना हुन । तमू समाज कतारको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवारले सन २००८ मा आयोजना गरेको खुल्ला नृत्य प्रतियोगिताको प्रथम पुरस्कार बिजेता र कतारको विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा आफनो नृत्य कला पस्की सकेकी टौमाया तमूस्योको उक्त भिडीयो आफनो उद्धेश्यमा सफल हुने विश्वास गरिएको छ।

सांस्कृतिक कार्यक्रमः
दोश्रो चरण अन्तर्गत प्रस्तुत सांस्कृतिक कार्यक्रम हितमान घले तमू र कल्पना तमूस्योले सञ्चालन गरेका थिए । कार्यक्रमको पहिलो कोशेलीको रुपमा पृष्ठभुमिमा ल्होसार आशिमला“ गीतको साथमा तमू भेष भुषा प्रदर्शन गरिएको थियो । आफनौ मौलिक भेष भुषामा सजिएका तमू तमूस्योहरुको उपस्थितिले कार्यक्रमलाई बिल्कुलै मौलिकता तर्फ उन्मुख गराएको थियो । मौलिक तमू पोषाक प्रर्दशनमा भाग लिने कलाकारहरुमा सानी नानी सोफिया तमूस्योको साथमा सबिना तमूस्यो, काजल तमूस्यो, टौमाया तमूस्यो, कल्पना तमूस्यो, अनिता तमूस्यो, पुनम तमूस्यो, सरस्वति तमूस्यो, रेखा तमूस्यो, यशोदा बस्नेत, पुष्पा तमूस्यो, मिना नगरकोटी, प्रशिम तमू, भविराज तमू, मदन तमू, पुर्ण तमू, सुर्य तमू, जङग तमू, शुरेस तमू आदि थिए।

नेपालबाट आएका आमन्त्रित कलाकारद्वय सविना तमूस्यो र काजल तमूस्यो बहु प्रतिभाका धनिहरु हुन्। दुवै जना कलाकारहरु लोक गीत र नृत्यमा पारङगत मानिन्छन । ल्हु ल्होसार कार्यक्रममा उनिहरुको प्रस्तुति निकै खुलेको थियो । खचाखच भरिएको हलमा दर्शहरुको हुटीङले नै बताउथ्यो कि सांस्कृतिक प्रस्तुति कतिको बेजोड थियो भनेर । नेपालबाट आएका कलाकारहरुले आफना दर्जनौ प्रस्तुति दिएर दर्शकलाई मन्त्र मुग्ध पारेका थिए । एकल तथा युगल नृत्य लगायत एकल तथा युगल गायन प्रस्तुत गरेर सबिना र काजलले कतारवासीलाई मोहित पारेको अनुभुति हुन्थ्यो। विशेषतः चर्चित तमू चलचित्रका गीतहरुमा आकर्षक नृत्य र तमू गीतहरुमा युगल गायनले दर्शकहरुको मन जित्न सफल भएको छ।

लौ आयो ल्होसार बोलको सामुहिक गीत गायनमा सबिना तमुस्यो र काजल तमूस्योलाई बिमल तमू र हितमान घले तमूले साथ दिएका थिए। आयादो ठागु आयादो आच्यो बोलको गीतमा सबिना तमूस्योलाई हितमान घले तमूले साथ दिएका थिए भने रिमै थुमै प्रेतना रोदिरी बोलको गीतमा काजल तमूस्योलाई बिमल तमूले साथ दिएका थिए।

नाचु नाचु लाग्यो मलाई बोलको गीतमा काजल तमूस्यो र माया खईमु बोलको गीतमा सबिना तमूस्योले आकर्षक एकल नृत्य पस्केका थिए। त्यसै गरि चोलि सिउने बोलको गीतमा काजल तमूस्योलाई गजेन्द्र मल्लले साथ थिएका थिए भने सुनकोटर बै पोरे ट बोलको गीतमा सबिना तमूस्योलाई किरण तमूले साथ दिएका थिए।

तमू समाज कतारको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवारको प्रस्तुति कार्यक्रमको अर्को आकर्षण थियो। सांस्कृतिक परिवारका अध्यक्ष राजन घले तमूको नेतृत्वमा उत्रेको उक्त समुहले एक पछि अर्को आकर्षक प्रस्तुति पस्केका थिए। नृत्य निर्देशक द्वय किरण तमू र गजेन्द्र मल्लको कम्पोजमा निकै आकर्षक नृत्यहरु प्रस्तुत भएका थिए।

एकल नृत्यः चोलि राम्रो पाल्पाली ढाकाको गीतमा रेखा तमूस्यो, माईति घर बोलको गीतमा अरुणा तमूस्यो र कमेडीमा मदन तमूले एकल नृत्य प्रस्तुत गरेका थिए।

युगल नृत्यः चो छयाबै बुटे चोलि बोलको गीतमा टौमाया तमूस्यो र सुर्य तमू, म फुल बनि फुलि दिन्छु बोलको गीतमा किरण तमू र मिना नगरकोटी, मन मेरो यो हजुर बोलको गीतमा यशोदा बस्नेत र जंग तमू र पिपल छाया“ले बोलको गीतमा अजय परियार र नन्दा शाराले आकर्षक युगल नृत्य पस्केका थिए।

सामुहिक नृत्यः बार्पाकी माया गीतमा प्रशीम तमू, शरस्वती तमूस्यो, सुरज तमू, पुष्पा तमूस्यो, गौरव तमू र अनिता तमूस्योले सामुहिक नृत्य प्रस्तुत गरेका थिए । ङोल्स्यो नानी गीतमा प्रशीम तमू, पुष्पा तमूस्यो, सुर्य तमू र अनिता तमूस्योले अर्को सामुहिक नृत्य पस्केका थिए । ¥हामिनो गीतमा प्रशीम तमू, शरस्वती तमूस्यो, यशोदा बस्नेत र जंग तमूको छुट्टै सामुहिक नृत्य प्रस्तुत भएको थियो । लुगा धुने साबुनले बोलको गीतमा अनिता तमूस्यो, पुष्पा तमूस्यो, शरस्वती तमूस्यो, मीना नगरकोटी र यशोदा बस्नेतको आकर्षक सामुहिक कौडा नृत्य प्रस्तुत भएको थियो । उक्त नृत्यबाट अत्यन्त प्रभावित भएर नृत्य निर्देशक द्वय किरण तमू र गजेन्द्र मल्लले उक्त कौडा समुहलाई नगद पुरस्कार समेत प्रदान गरेका थिए। स्मरण रहोस गत डिसेम्बर १८ तारिख कतारको राष्ट्रिय पर्वमा नेपाली समुदायको तर्फबाट अल्खोर स्टेडियममा हजारौं बिदेशीहरु सामु सोहि कौडा नृत्य प्रस्तुत गरिएको थियो।

गैरआवासीय नेपाली तारा २०१३ उपाधि बिजेता बिरेन्द्र श्रेष्ठले आफनो एलबम बिचारबाट बिष पिएर ढल्दा बोलको सुमधुर गीत पस्केका थिए। तमू सांस्कृतिक परिवारका पुर्व अध्यक्ष टकप्रसाद तमूले आफनो एलबमबाट एउटा सुमधुर गीत गाएका थिए भने वर्तमान अध्यक्ष राजन घले तमूले पनि आफनै नया“ एलबमबाट लाग्दैछु परदेश बोलको समसामयिक गीत गाएर दर्शकहरुको मन जितेका थिए।

सांस्कृतक कार्यक्रमको अन्त्यमा सबिना तमूस्यो र काजल तमूस्योसंग मेघराज तमूको दोहोरी घम्सा घम्सी निकै जोडदार रह्यो। दोहोरी समुहलाई समाजका महासचिव खुशीमान तमूले साथ दिएका थिए । दोहोरी गीत निकै जम्ने संकेत गर्दै थियो समयले नेटो काटी सकेको रहेछ । सा“झ ८ बजे कार्यक्रमको समय सकिएको जनाउ आएकोले छोडन मन नलाग्दा नलाग्दै पनि हल छाडेर दर्शकहरु बाहिरिनु परेको थियो।

छयाटु नृत्य प्रस्तुतः कोषाध्यक्ष पमबहादुर तमू, सुरेश तमू, मदन तमू लगायतको एक समुहले तमूहरुको मौलिक छयाटु नृत्यको आकर्षक एक झलक प्रस्तुत गरेको थियो।

अन्तमा समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति कृष्ण तमूले ल्हु ल्होसार भब्यताका साथ सम्पन्न भएको अनुभूति भएको बताए। कार्यक्रमको बिचमा दिदीबहिनीहरुले तयार पारेको मीठो सेल रोटी र अचारको साथमा दाजुभाईहरुले तयार पारेको खशीको मासू भोजनले स्यों कैको झल्को दिएको थियो। कार्यक्रम स्थलसम्म आउन र जानको लागि अलखोरबाट बसको ब्यवस्था मिलाउने नन्दु घले तमू, दोहाबाट बसको ब्यवस्था मिलाउने तोपमान तमू र अमृत लामिछाने साथै पिउने पानीको स्पोन्सर गर्नु हुने द्वय सुनिल पुन र बिकी बिक लगायत सम्बन्धित सबै सहयोगिहरुलाई धन्यवाद ज्ञापन सहित अर्को वर्षको ल्होसारमा भेटने वाचा गर्दै अध्यक्षबाट कार्यक्रम समापन भएको घोषणा भए पछि यस वर्षको ल्होसार कार्यक्रम बिधिवत रुपमा सम्पन्न भएको थियो।





Comments

comments

3617