कोरोना: सुक्ष्म सावधानी नअपनाए उपत्यकाको अवस्था भयावह हुनसक्ने

फाइल फोटो

काठमाडौं – विश्व महामारी कोरोनाविरुद्ध सुक्ष्म सावधानी नअपनाएको खण्डमा उपत्यकाको स्थिति भयावह बन्न सक्ने औंल्याइएको छ।

संक्रमित संख्या प्रतिदिन बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई ‘नाका सिल गर्न’ आग्रह गर्ने तयारीसमेत थालेको छ।

उपत्यकामा लुकिछिपी आवतजावत अझै नरोकिएपछि अवस्था भयावह हुन नदिन सबै नाका सिल गर्नुपर्ने निष्कर्षमा महानगर पुगेको छ।

काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मंगलबार बसेको बैठकले ‘उपत्यकाको अवस्था भयावह हुनसक्ने’ औंल्याउँदै ‘नाका सिल गर्न गृह मन्त्रालय र जिल्ल प्रशासन कार्यालयलाई आग्रह गर्ने निर्णय गरेको हो । यो समाचार राजधानी दैनिकमा भवनाथ प्याकुरेलले लेखेका छन्।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

[table “” not found /]





Comments

comments

36559