नेपाली सप्ताह २०१४: वाङदेल–भूपि जयन्ती र विद्यार्थी सम्मान

एचकेनेपाल डट कम संवाददाता-
हङकङ, नेपाली सप्ताहको अवसरमा हङकङ नेपाली फाउण्डेसनको आयोजनामा वाङदेल–भूपि जयन्ती र विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएका छन्।

तस्बिरः जगत गुरुङ / एचकेनेपाल डट कम, थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्

पात्ह्योङ सेन्ट्रल प्राइमरी विद्यालय काम्तिनमा २८ डिसेम्बरका दिन आयोजित उद्घाटन कार्यक्रमका प्रमुखअतिथि नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक सम्बाहाम्फे रहेका थिए। फाउण्डेसनका अध्यक्ष किसन राईको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा उपस्थित शिक्षक, विद्यार्थी, अभिभावक तथा साहित्यकर्मीहरुबाट लैनसिंह वाङदेल र भूपि शेरचनको तस्बिरमा पुष्पगुच्छा अर्पण गरिएको थियो।

सचिव देवराज राईको सञ्चालन रहेको कार्यक्रममा कलाकार दिपेन्द्र राईले चित्रकारिता र नेपाली साहित्यको बारेमा कवयित्री दीपा एवाई राईले प्रवचन दिएका थिए । सोही अवसरमा चित्रकारिता सम्बन्धी कार्यशाला गोष्ठीसमेत सम्पन्न भएको थियो । उक्त अवसरमा विभिन्न विद्यालयका नेपाली विद्यार्थीहरुले अनुभवसहितका मन्तव्य व्यक्त गरेका थिए।


थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्

विद्यार्थी सम्मान कार्यक्रम हेनरी जी ल्योङ याउमाते कम्युनिटि सेन्टरमा जनवरी १ का दिन सम्पन्न भएको थियो । हङकङ विश्वविद्यालयका विद्यावारिधि शोधार्थी चुराबहादुर थापाको प्रमुखआतिथ्यमा सम्पन्न कार्यक्रममा शैक्षिक सत्र २०१३÷१४ मा एचकेडीएसई (हङकङ डिप्लोमा अफ सेकेण्डरी एजुकेसन–१५, नेपाली विषयमा जीसीई–ओ (जेनेरल सर्टिफिकेट एजुकेसन–अर्डिनरी) लेभल–६ जना र पीजीडीई (पोस्ट ग्य्राजुयट डिप्लोमा इन एजुकेसन)–४ उत्तिर्ण विद्यार्थीहरुलाई ‘शिक्षा पदक’ र ‘हङकङ नेपाली शिक्षा पुरस्कार’बाट सम्मान गरिएको थियो।

उक्त अवसरमा एचकेडीएसईकोतर्फबाट आकाशसन्तोष राई, जीसीई–ओ लेभलकोतर्पmबाट धन सोमै र पीजीडीईकोतर्पmबाट शैलेन्द्रसिंह बोगटी र लोकप्रसाद दाहालले अनुभवसहित मन्तव्य व्यक्त गरेका थिए। उत्तिर्ण सम्पूर्ण विद्यार्थीहरुलाई हङकङकी पहिलो नेपाली महिला सोलिसिटर रिगम राईले बधाई ज्ञापन गरेकी थिइन् । पुरस्कार वितरण समारोहमा नेपाली शिक्षकद्वय डम्बर गुरुङ र डा. धिरज गुरुङ अतिथि रहेका थिए । हङकङ नेपाली साहित्य परिषद्का सचिव नन्दलाल थोकरको सञ्चालन रहेको कार्यक्रमको समापन तथा धन्यवाद ज्ञापन गोर्खा सिमेट्रिज ट्रष्टका अध्यक्ष नरहाङ राईले गरेका थिए।

वर्षको अन्तिम सप्ताह (२५–३१ डिसेम्बर)लाई फाउण्डसेनले ‘नेपाली सप्ताह’को रुपमा मनाउने गरेको छ। उक्त अवसरमा नेपाली भाषा, साहित्य, संस्कृति र कला सम्बन्धी कार्यक्रमहरु हुने गरेका छन्।





Comments

comments

3661