Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बिरामी भएको भन्दै अर्थमन्त्रीले लिए न्युयोर्कको उपचार खर्च

काठमाडौं, २७ पुस। अर्थमन्त्री रामशरण महतले विश्वबैंकको केन्द्रीय कार्यालय जाँदा अचानक बिरामी परेको भन्दै मन्त्रिपरिषद्बाट दुई हजार आठ सय ३८ अमेरिकी डलर (करिब दुई लाख ८४ हजार रुपैयाँ) उपचारखर्च लिएका छन्।

केही दिनअघि उनी विश्वबैंकको बैठकमा भाग लिन वासिङ्टन डीसी गएका थिए। औपचारिक कार्यक्रम डीसीमा भएकाले उनको न्युयोर्कको औषधी खर्च वैधानिक नहुने हुँदा प्रस्तावमै विश्वबैंकको बैठकमा जाने क्रममा न्युयोर्कमा बिरामी परेको उल्लेख छ। उनले न्युयोर्कको लेनोक्स हिल अस्पतालको बिल पेस गरेका छन्।

स्वास्थ्यमन्त्री खगराज अधिकारीले मन्त्री महतको उपचारखर्चसम्बन्धी प्रस्ताव पेस गरेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ। यसैगरी, सहकारीमन्त्री नारायण खड्काले एमाले नेता केशव बडाल क्यानडाको एउटा कार्यक्रममा भाग लिन गएको खर्च राज्यकोषबाट दिने प्रस्ताव पारित गराएका छन्।

असोज २० देखि ३ दिनसम्म क्यानडाको क्युबेकका सहकारीको कार्यक्रममा भाग लिएबापतको तीन लाख ७६ हजार आठ सय १४ रुपैयाँ बडालले शोधभर्ना पाएका छन् भने उनीसँगै गएका सहकारी महासंघका उपाध्यक्षलाई पनि तीन लाख ८८ हजार तीन सय १६ रुपैयाँ खर्च दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।





Comments

comments

3652