Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बोको हरामको अर्को नरसंहार, २ हजार गाउँलेको हत्या

चरमपन्थी संगठन बोको हरामले बोको हरामले उत्तरी नाइजेरियाको बागा गाउँमा दुई हजारभन्दा बढी गाउँलेको हत्या गरेको छ। दुई हजारभन्दा बढी मानिसको शब गाउँनजिकैको झाडीमा छरिएको अवस्थामा रहेको अधिकारीले जनाएका छन्।

‘बागामा भएको आक्रमण बोको हरामले गरेको आजसम्मकै सबैभन्दा खतरनाक आक्रमण हो,’ एम्नेस्टी इन्टरनेशनलले विज्ञप्ती निकाल्दै जनाएको छ।

स्थानीय अधिकारीहरुले बिहीबार र शुक्रबार बागामा बोको हरामका लडाकु गएको र अन्धाधुन्ध गोली चलाएको बताएका छन्। उनीहरुले उक्त क्षेत्रमा बोको हरामको लडाकु रहेकाले शब संकलन गर्न नसकिएको जानकारी दिएका छन्। उनीहरुले गाउँका दर्जनौं घर जलाएको पनि बताएका छन्। घरमा लुकेको सयौं मानिसको पनि जलेर मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन्।

३ जनवरीदेखि नै बोको हरामले आक्रमण सुरु गरेको बागाका स्थानीय सरकारका सभापति मुंसा बुंकारले जनाएका छन्। उनले बागावरपरका अन्य १६ गाउमा पनि बाको हरामले आक्रमण गरेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ।





Comments

comments

3655