Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

४ करोड ठग्ने युवती प्रहरी खोरमा

काठमाडौं, २७ पुस। आकर्षक ब्याज दिने प्रलोभनमा करोडौं रकम उठाएर फरार भएकी एक युवती पक्राउ परेकी छन्। करिब चार करोड ठगेर फरार भएकी बाग्लुङ तिताङकी ३१ वर्षीया अस्मिता खड्कालाई प्रहरीले शुक्रबार भक्तपुरबाट पक्राउ गरेको हो।

बाग्लुङका कैयौं स्थानीयलाई खड्काले ठगी गरेको प्रहरीले जनाएको छ। पैसा ठगेपछि उनले आफ्ना बालबच्चालाई रुपन्देही पुर्याएर जिल्लाबाट भागेकी थिइन्। बाग्लुङ प्रहरीमा उजुरी परेपछि उनको खोजी सुरु भएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ।

बाग्लुङ प्रहरीको आग्रहमा महानगरीय प्रहरी अपराध महाशाखाले खड्कालाई पक्राउ गरेको हो। महाशाखाका एसएसपी पुष्कर कार्कीका अनुसार भक्तपुर दधिकोटमा लुकीछिपी बस्दै आएको अवस्थामा उनलाई पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानमा खड्काले बाग्लुङ नगरपालिकाका स्थानीयलाई ठगी गरेको पाइएको छ।





Comments

comments

3657