Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

विदेशमा बस्ने नेपालीबाट कति खर्ब रेमिट्यान्स भित्रियो ?

काठमाडौं, २७ पुस। पछिल्ला १४ वर्षमा करिब २८ खर्ब रुपैयाँ रेमिट्यान्स देशमा भित्रिएको छ। नेपालको कुल आम्दानीको २५ प्रतिशत रकम रेमिट्यान्सबाट आउने गर्छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार दैनिक १ अर्ब ४८ करोड रुपैयाँ रेमिट्यान्स आउने गर्छ। ०५७ यता यसरी २७ खर्ब ७२ अर्ब ६८ करोड ६३ लाख ३० हजार रुपैयाँ देश भित्रिएको छ। ०५७ मा ४७ अर्ब २१ करोड ६१ लाख रुपैयाँ रेमिट्यान्स आएको थियो। आर्थिक वर्ष ०७०–०७१ सम्म आइपुग्दा यो रकम आठगुनाले बढेको समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ।

त्यस्तै, वैदेशिक रोजगार प्रवर्दन बोर्डका तथ्यांकअनुसार ०६५ असारयता रोजगारीका लागि गएका ३ हजार ६ सय ८७ नेपालीको विदेशमै ज्यान गएको छ। मलेसिसयामा सबैभन्दा बढी नेपालीको ज्यान गएको छ। गत मंसिर मसान्तसम्म मलेसियामा १ हजार २ सय ९८ को ज्यान गएको छ।





Comments

comments

3659