Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सौता–सौता भेटेर मिलेपछि…

नवलपरासी, २८ पुस। अविवाहित भन्दै भुक्याएर ५ वटी बिहे गर्ने एक व्यक्ति दुर्घटनामा गम्भीर घाइते भएपछि फन्दामा परेका छन्। उनका २ श्रीमती भने उनको अवस्थाबारे बेखबर छन्।

वैदेशिक रोजगारको लागि कुवेत र इराक जाने दिव्यपुरी–६ का ३५ वर्षीय प्रेमबहादुर परियार साताअघि मोटरसाइकल दुर्घटनामा परेका थिए। घाइते भएपछि उनका ३ श्रीमती स्याहार्न पुगे। त्यसपछि उनले विदेशबाट फर्केपिच्छे बिहे गर्दै आएको खुलेको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ।

पाल्पाको मिसन अस्पतालमा उपचारको क्रममा ३ श्रीमतीबीच भेट भयो। प्रेमले बिहे गर्दै माइतीमा छाड्दै गरेका रहेछन्। पहिलोपटक त्यहीं भेट भएका सौता–सौताले सल्लाह गरेर आफ्ना पतिले अन्य चेली बर्बाद नपारुन् भनी प्रहरीमा उजुरीसमेत गरे।

विदेशबाट आउँदा २÷४ साता सम्पर्कमा आउने र ठूला आश्वासन दिंदै हिंड्ने गरेकाले आस लागेको उनीहरुले सुनाए। ‘सधैं अर्कोपटक आउँदा घर बनाउँछु र तिमीलाई लैजान्छु भन्दै झुक्यायो,’ पत्निमध्येका एक देवीले सुनाइन्। साताअघि पोखराको नदीपुरमा रहेकी कान्छी पत्नि अनुपालाई लिन गएका थिए। अनुपा अरु पत्नि रहेको थाहा पाएर आउन मानिन्।

त्यसपछि मोटरसाइकलमा स्याङ्जा पाल्पा हुँदै घर फर्कने क्रममा दुर्घटनामा परेका थिए। प्रहरीले श्रीमतीको मागबमोजिम उपचार र थुनाका लागिग घरनजिकको इलाका प्रहरी कावासोतीमा अड्डासार गर्दै शनिबार बुझाइदियो।

श्रीमानको पाल्पा मेडिकल कलेजमा उपचार हुँदाहुँदै कारबाही माग गरेर निवेदन दर्ता गराएका हुन्।





Comments

comments

3683