ठूलीको लागि नायक जीवन लुइँटेल अमेरिकामा

विजय थापा / एचकेनेपाल डट कम –
पौष, २८ डिसी। नायक जीवन लुइँटेल नेपाली चलचित्र ठूलीको प्रदर्शनको लागि अमेरिकामा आई पुगेका छन्। उनी आई पुगेको मौसममा अमेरिकाभर हिउंले जताततै ढाकेको छ।

र, नेपाली चलचित्रका नायकहरुमा बोल्न सिपालु मानिने लुइँटेलले “कतै हिममा त कतै पातमा, म छु यहाँ तपाईको साथमा भन्दै भ्रमण गर्ने क्रममै कविता लेख्न भ्याए।

चलचित्र ठूलीको प्रदर्शन गर्न अमेरिकाका विभिन्न राज्य तथा शहरहरुको भ्रमणमा निस्केका छन्। त्यसो त, उनको साथमा चलचित्र ठूलीका निर्माता पुष्कर पन्त पनि छन्।

चलचित्र ठूलीलाई नेपाली समुदायले मन पराई दिनु हुनेछ भन्ने विश्वास गर्दै आफ्ना प्रशंसक र चलचित्रप्रेमी दर्शकहरुसंग आफूसंगै बसेर हेर्ने बताए। व्यस्त समयको बाबजुद पनि नेपाली चलचित्र हेर्न दर्शक आउनु भनेको नै नेपाली चलचित्रलाई सम्मान गर्नु हो भन्दै हामी कलाकारले यहि चाहन्छौ भन्दै अमेरिकाका नेपाली समुदायको प्रशंसा गरे।

म दर्शकहरुको प्रतिक्रिया पनि सुन्छु। कलाकार भएको नाताले सल्लाह र सुझाब ग्रहण गर्न सके अझ कलाकारिता माझिने हुन्छ भन्दै कम्तीमा ५ वटा जति शहरमा ठूली प्रदर्शन गर्ने योजना रहेको बताए।

गत बर्ष सेप्टेम्बर ७, २०१४ मा डिसीमा ठूली प्रदर्शन हुदा नायक लुइँटेल छोटो समयको लागि अमेरिकाको भ्रमणमा आएका थिए। उनको यो दोश्रो पटक अमेरिकाको भ्रमण हो।

नायक जीवन लुइँटेलले ठठ्यौली गर्दै गत बर्ष भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि नेपालको भ्रमण छोट्याएर स्वदेश ३ दिनमा फर्केको जस्तै मेरो पनि गत बर्ष ३ दिन मात्र अमेरिकाको बसाई भएको भन्दै यसपाली करिब डेढ महिना जति अमेरिकाको बसाई रहने बताए।

लुइँटेलले भने अमेरिकामा पनि नेपाली चलचित्र हेर्नेको संख्या बढ्दै गएको छ। नेपाली चलचित्र अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने प्रयास जारी रहेको बताउदै चलचित्र ठूली मनको चलचित्र हो भनि बुझि दिनु हुन चलचित्र प्रेमीलाई आग्रह रहने बताए।

कथानक चलचित्र ‘ठूली’ नेपालभर हरितालिका तीजको दिन गत भाद्र ६ गते प्रदर्शन भएको थियो। एभरेष्ट कलायात्रा चलचित्रको झन्डामा पुस्कर पन्तले निर्माण गरिरहेको फिल्मको कार्यकारी निर्माता सुनिल बस्नेत हुन्। चलचित्रमा नायक जीवन लुइटेल, नायिका गरिमा पन्त, कन्चन ठकुरी, निला बस्नेत, बिसाल पहाडीलगायतको मुख्य अभिनय रहेको छ।

अमेरिकाको बसाईमा ठूली चलचित्रलाई समय दिने छु र नेपाल फर्केपछि नयाँ चलचित्र धुनमा समय खर्च गरिने भन्दै उक्त चलचित्र आउदो चैत ६ गते देशभर प्रदर्शन गरिने नायक जीवन लुइँटेलले जानकारी दिए।





Comments

comments

3689