गोरखा आन्दोलनको वर्तमान स्थिति

गोरखा आन्दोलनको वर्तमान स्थिति:

आदर्णीय गोरखा दाजुभाइ, दिदिबहिनी तथा भान्जा-भान्जि एवम शुभचिन्तक नेपाली दाजुभाइ, दिदिबहिनीहरु,

गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिको निर्णायक आन्दोलनमार्फत अघि सारिएका हाम्रा मागहरुका बिषयमा बेलायत सरकारले आधिकारिक धारणा घोषणा गर्ने समयसीमा घर्किएर गैइरहेकोछ। एपिपिजीकी अध्यक्षा ज्याकी डोयल प्राइसले जानकारी गराएको समयसीमा पनि पटक-पटक कटिसकेकोमा सत्यग्रह संयुक्त संघर्ष समिति चकित एवम सशंकित बनेकोछ।

त्यसर्थ यस बिषयमा सत्यतथ्य बुझ्न र तत्काल वेलायत सरकारको निर्णय आफ्नो पक्षमा सार्वजनिक गराउन के कस्ता कार्यक्रम अख्तियार गर्ने, भन्ने बिषयमा गम्भीर छलफलगर्न मिति १० जनवरी २०१५ का दिन सम्पन्न, गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिको बैठकले तपशिलका बर्तमान तथा भावीकार्यक्रम तय गर्ने सर्वसम्मत निष्कर्ष गरेको छ।

१। सत्याग्रह संयुक्त संघर्ष समितिका तर्फबाट ज्याकी डोयल प्राइशलाई १ पत्र लेखी बेलायत सरकारलको निर्णय कहिले र के कस्तो घोषणा हुन्छ? सही सत्य जानकारी तत्काल गराउन आग्रह गर्दै पत्राचार गर्ने निर्णय भएको थियो। (सोही अनुसार उक्त दिन नै पत्राचार गरिसकेकोछ।)

२। हाम्रा न्यायिक मागहरु हामी सबैलाई मान्य हुने गरी र समय मै सम्बोधन नभए:

• २१ नोभेम्बर २०१३ का दिन स्थगन गरिएको आमरण अनशन पुन; आरम्भ हुने र यो एकल मात्र नभएर, सामुहिक आमरण अनशनसमेत हुन सक्ने निर्णय भएकोछ।

• जि २००, अर्थात नेपाल बेलायतबीच भएको दौत्य सम्बन्धको २०० यौं वर्षगाँठमा नेपाल, बेलायतलगायत विश्वको जुनसुकै ठाउँमा हुने उत्सव कार्यक्रमहरुको सशक्त बिरोध गर्नुको साथै आम गोरखाहरुबाट पूर्णरुपमा बहिष्कार गरिने निर्णय भएकोछ।

अत: हाम्रा मागहरु समय मै हामी सबैलाई मान्य हुनेगरी सम्बोधन नभएको अवस्थामा सम्पूर्ण गोरखा समुदाय उल्लेखित निर्णायक आन्दोलनहरुका लागि तत्पर रहनु पर्नेछ।

अन्त्यमा, बेलायत सरकारको निर्णय प्राप्त हुने बित्तिकै यहाँहरु सबैलाई तत्काल जानकारी गराइनेछ। कृपया कुनै असम्बन्धित व्यक्तिहरुको अनर्गल हल्ला नसुनी धैर्यताका साथ प्रतिक्षा गर्नुहोला।

जय गोरखा !!!

सन्तोष थलङ
प्रमुख संयोजक-यूके/नेपाल
गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति
यूके/नेपाल
११ जनवरी २०१५





Comments

comments

3691