Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेतृत्वले आफ्नो डेट सर्टिफिकेटमा आफै दस्तखत गर्न चाहन्नन्: सभासद केसी

दुर्गा भण्डारी / एचकेनेपाल डट कम-
न्यू-योर्क। नेपाली जनसम्पर्क समिति न्यू-योर्क च्याप्टर अमेरिकाले नेपाली काँग्रेसका नेता, केन्द्रीय सदस्य एवंम सभासद बलबहादुर केसीको प्रमुख आथित्यमा नेपालको समसामयिक राजनितिक अवस्थाको बारेमा एक भव्य कार्यक्रमको आयोजना गरेको छ।

स्थानीय ज्याक्सन हाइटको थकाली रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रममा वोल्ने अधिकांश वक्ताहरूले देशले शान्ति र लोकतान्त्रिक संविधानको माग गरिरहेको हुनाले माघ ८ मा नै संविधान सभाले देशलाई संविधान दिनुपर्ने कुरा राखेका थिए।

संविधानमा ३५ लाख प्रवासी नेपालीको भावनालाई कुनै पनि हालतमा समेटिनु पर्ने धारणा सबै वक्ताहरूले राख्दै जनसम्पर्क समिति अमेरिकाले त्यतातिर बिशेष ध्यान दिनुपर्ने बताए।

प्रमुख वक्ताको रूपमा बोल्दै सभासद केसीले संविधानसभाबाट काँग्रेसको बिचारको सेरोफेरोमा रहेर नै संविधान पक्का बन्ने तर त्यसको लागि समय लाग्न सक्ने कुराको संकेत गर्दै नेतृत्वले आफ्नो डेट सर्टिफिकेटमा आफै दस्तखत गर्न नचाहेको कारण आउँदो माघ ८ मा देशले संविधान पाउँन नसक्ने कुरा बताए।

जनसम्पर्क समिति अमेरिकाको लामो समयको बिबादपछि आएको नयाँ नेतृत्वमा पनि पुनः बिबादित बिषयहरूले ठाउँ लिन आटेकोप्रति दु:ख व्यक्त गर्दै नेका केन्द्रिय सदस्य केसीले आफ्नो घर आफै नजलाउँन सबैलाई अनुरोध गर्दै संगठनलाई विधि र विधानमा रहि संस्थागत ढंगले चलाउन नेतृत्वलाई आग्रह समेत गरे।





Comments

comments

3693