Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

ट्याक्सी चालकले फिर्ता गरे २५ तोला सुन

काठमाडौं, २८ पुस। चार वर्षदेखि ट्याक्सी चलाउँदै आएका चूडामणि प्रधानले छुटेको धनमाल यात्रुलाई नै फिर्ता गेर इमानदारिताको नमुना पेस गरेका छन्। आफ्नो ट्याक्सीमा भेटिएको १३ लाख रुपैयाँ बराबरको सुन राखेको झोला यात्रुलाई फिर्ता गरेर उनले इमानदारिता देखाएका हुन्।

बा १ ज ८२३५ नम्बरको ट्याक्सीचालक प्रधानले शनिबार आफ्नो ट्याक्सीमा करिब २५ तोलाबराबरको सुनका गहना भेटाएका थिए। भृकुटीमण्डपको फनपार्कबाट रानीबारी जाने क्रममा निशा श्रेष्ठको गहना उनको ट्याक्सीमा छुटेको थियो। चालक प्रधान आइतबार सो सामान बुझाउन आफैं महशानगरीय ट्राफिक प्रहरी महाशाखामा पुगेका थिए।

इमानदारितापूर्वक सामान फिर्ता गरेपछि प्रधानलाई सुनधनी श्रेष्ठले २० हजार तथा ट्राफिक महाशाखाले पाँच हजार पुरस्कार दिएका छन्। महाशाखा प्रमुख डिआइजी केशवप्रसाद अधिकारीले आइतबार उनलाई पुरस्कार प्रदान गरेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ।

ट्याक्सीमा श्रेष्ठको तीनवटा सुनको हार, ६ वटा सुनको चुरा, पाँचवटा सुनका औंठी, चारवटा सुनको टप र एक–एकएकवटा सुनको चन्द्रमा, लकेट र चाँदीका पाउजु छुटेको थियो। ती गहना राखेको कालो झोला उनले ट्याक्सीमै छुटाइएकी थिइन्।

ट्याक्सी ड्राइभर चूडामणि प्रधान धनभन्दा इज्जत ठूलो भएकाले झोला फिर्ता गरेको बताउँछन्।





Comments

comments

3687