Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायती जेलमा रहेका कर्नेल लामालाई कानुनी सहायता

काठमाडौं, २९ पुस। बेलायतमा पक्राउ परेका नेपाली सेनाका महासेनानी कुमार लामाले युद्धअपराधविरुद्धको मुद्दा लड्न बेलायत सरकारबाट कानुनी सहायता (लिगल एड) पाएका छन्। बेलायतले उपलब्ध गराएको वकिलहरूको टोली उनीविरुद्धका प्रमाणको जाँचबुझ गर्न नेपाल आउने भएको छ।

प्रधानसेनापति गौरवशमशेर राणाले आइतबार राष्ट्रिय मानवअधिकार आयोगको टोलीलाई यसबारे जानकारी गराएका छन्। ‘लिगल एड पाइसकेपछि वकिलहरूको टोली कर्नेल लामाविरुद्ध परेका उजुरी र प्रमाणको यथार्थ जाँचबुझ गर्न आउने जानकारी पाएका छौँ,’ आयोग टोलीसँगको छलफलमा सहभागी सैनिक प्रवक्ता सहायक रथी जगदीशचन्द्र पोखरेलले भने, ‘कहिले र को–को आउने भन्ने जानकारी आएको छैन।’

लामाको पक्षमा वकालत गर्न लन्डनको ‘द किंग्सले नाप्ले’ नामको ल फर्मलाई डा। बाबुराम भट्टराई नेतृत्वको सरकारले खर्च उपलब्ध गराएको थियो। ल फर्मका वकिलहरू माइकल कप्लान क्युसी र जेम्स लुइसले लामाका पक्षमा वकालत गर्न चार लाख ३० हजार पाउन्ड(९६ करोड ६३ लाख रुपैयाँ) शुल्क मागेको थियो। सरकारले पटक–पटक गरेर दुई लाख २० हजार पाउन्ड (करिब साढे तीन करोड रुपैयाँ) दिएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ। तर, बाँकी रकम नदिने निर्णय सरकारले गरेपछि लामा अन्योलमा परेका थिए।





Comments

comments

3699