जसु गुरुङ संगालो विमोचन

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, ३० पुस। व्यस्त निर्देशक, कोरियोग्राफर जसु गुरुङद्धारा निर्देशित गुरुङ गाँउहरुको म्युजिक भिडियोको डिभिडी मंगलवार एक कार्यक्रमका विच विमोचन गरिएको छ।

ह्वाईट लोटस स्टुडियोको प्रस्तुति, गुरुङ गाँउहरुको परिचयसहित गाँउ चिनारी एवं पर्यटन प्रवद्र्धनका लागि जसु गुरुङ द्धारा निर्देशित ७ वटा म्युजिक भिडियोहरु समावेश गरिएको डिभिडीको सामुहिक रुपमा तमु धिं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, निवर्तमान अध्यक्ष कमल गुरुङ, वर्तमान उपाध्यक्ष नन्दजंग गुरुङ, सल्लाहकार कृष्णबहादुर गुरुङ, तमु धिं नेपालका सचिव गिरीप्रसाद गुरुङ, तमु ह्युल छोज धिंका प्रचार सचिव मनोज गुरुङ, तमु प्ये ल्हु संघका केन्द्रीय सदस्य कञ्चन गुरुङ, बौद्ध अर्घौ सदनका सचिव मोती गुरुङ, ङ्योए तमु धिंका अध्यक्ष जंगबहादुर गुरुङ, जिफानका संस्थापक अध्यक्ष माओत्से गुरुङ लगायतले विमोचन गरेका हुन्।

फोनिज कास्कीको सहायोगमा भएको कार्यक्रममा तमु धिं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, तमु धिं नेपालका सचिव गिरीप्रसाद गुरुङ, तमु ह्युल छोज धिंका प्रचार सचिव मनोज गुरुङ, तमु प्ये ल्हु संघका केन्द्रीय सदस्य कञ्चन गुरुङ, बौद्ध अर्घौ सदनका सचिव मोती गुरुङ, ङ्योए तमु धिंका अध्यक्ष जंगबहादुर गुरुङ, जिफानका अध्यक्ष बेदबहादुर गुरुङ, प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुवर, भदौरे क्लवका अध्यक्ष अम्बर गुरुङ, लाँली गुरास क्लव धम्पुसका अध्यक्ष सन्देश गुरुङ लगायतले जसु गुरुङको कलाकारिता क्षेत्रको निरन्तर परिश्रमको संगालोलाई सबैको साथ सहयोग रहने प्रतिवद्धता एवं शुभकामना व्यक्त गरेका थिए।

ह्वाइट लोटसका प्रवन्ध निर्देश युग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा फोनिज कास्कीका अध्यक्ष हुमबहादुर गुरुङले स्वागत, सचिव रोशनी गुरुङले सञ्चालन र भने जसु गुरुङले धन्यवाद व्यक्त गरेका थिए।





Comments

comments

3713
%d bloggers like this: