Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भूपूसैनिक महासंघ नेपालले थाल्यो नागरिकताको पहल

सन्तोष थलङ (लिम्बू) / एचकेनेपाल डट कम –
काठमाडौं, सम्पूर्ण नेपाली भूतपूर्व सैनिकहरुको छाता संगठनका रुपमा स्थापित “भूतपूर्व सैनिक महासंघ नेपाल” को भारतीय सेनाका रिटायर्ड कमिशन मेजर चोप बहादुर थापा (मगर) को अध्यक्षतामा नयाँ केन्द्रिय कार्यसमिती गठन भएकोछ।

महासंघ ब्रिटिश,भारतीय, नेपाली सेनाका भूपू सैनिक र सिङ्गापुर पुलिसका भूपूहरुको एउटै मात्र अधिकारीक साझा संस्था हो। भूपू सैनिकहरुको हक, हित र अधिकारका लागि समर्पित भएर काम गर्ने पवित्र उद्धेश्य अनुसार नयाँ समिति गठन हुनसाथ महासंघले यि तलका २ अति जटिल बिषयहरु सशक्तरुपमा अघि बढाएको छ।

१. भूपूसैनिकहरुले सेवामा छँदा देशलाई सार्वभौम राख्न, देशको नाम प्रतिष्ठा विश्वमा फैलाउन र बिदेशी मुद्रा भित्र्याएर देशलाई आर्थिक टेवा पुर्याउने महत्वपूर्ण काम गर्दै आएका छन। र निबृत्त भएपछि देशको चौतर्फी बिकासमा दक्ष, अनुशासित र बिकास प्रेमी नागरिकको अहम भूमिका निर्वाह गरिरहेका भूतपूर्व सैनिकहरुलाई नेपालको राजनैतीक एवम कुटनैतीक नियोगहरुमा कम्तिमा ५% आरक्षित कोटा आगामी संबिधानमा स्पस्ट व्यवस्था गरिनुपर्ने।

२. ब्रिटिश गोरखाहरुलाई नेपाल सरकारले नै त्रिपक्षिय सन्धीगरी बेलायती सैन्य सेवामा पठाएकोले, ती गोरखाहरुले उच्चस्तरिय सेवाको कदर स्वरुप बेलायती मानार्थ नागरिकता प्राप्त गरेता पनि उनीहरुको नेपाली नागरिकता यथास्थिती मै कायम रहनुपर्ने, र उनका सन्ततिहरुले बंशजको आधारमा नेपाली नागरिकता बिना कठिनाई प्राप्त गर्ने ब्यवस्था आगामी संबिधानमा सुनिश्चित गरिनुपर्ने।

यसका लागि भूतपूर्व सैनिक महासंघ नेपालका तर्फबाट, संबैधानिक, राजनैतीक सम्वाद तथा सहमति समितिका सभापति, डा. बाबुराम भट्टराई, संबिधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्बाङ नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, एमालेका अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), रा.प्र.पा नेपालका सभापति कमल थापा, संघिय समाजवादी पार्टीका अध्यक्ष अशोक राईलगायत मधेशवादी दलका प्रमुखहरुलाई, गत साता महासंघका पदाधिकारीहरुको प्रतिनिधि मण्डलले साक्षात्कार गरी लिखित ज्ञापनपत्र बुझाएको महासंघका बरिष्ठ उपाध्यक्ष क्याप्टेन हिमाल राई ले जानकारी गराएका छन्।





Comments

comments

3711