Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

न्यूयोर्कमा शताव्दी पुरुषको सम्मान, लेखनाथ, भूपि र लैनसिहको जन्मजयन्ती

विजय थापा / एचकेनेपाल डट कम –
न्यूयोर्कको ज्याक्सन हाइटस्थित सत्यनारायणमन्दिरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरले शताव्दी पुरुष डा.सत्यमोहन जोशीको सम्मान तथा कवि शिरोमणी लेखनाथ पौडेल, कवि भूपि शेरचन र वरिष्ठ उपन्यासकार लैनसिह बाङदेलको जन्मजयन्ती कार्यक्रम भव्य रुपमा मनाएको छ।

कार्यक्रम च्याप्टरका अध्यक्ष श्री विकास विष्टको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगबाट उपनियोग प्रमुख सेवालम्साल तथा उपबाणिज्यदूत प्रविन भट्टराईको उपस्थिति थियो। विशिष्ट अतिथिमा शताव्दी पुरुष सत्यमोहन जोशी समारोह समिति अमेरिकाका अध्यक्ष तथा अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष गीता खत्री, अनेसास केन्द्रिय उपाध्यक्ष राम खत्री , केन्द्रिय सल्लाहकार कमला प्रसाइ हुनुहुन्थ्यो भने अतिथिमा कोसाध्यक्ष गीता पन्थ , ने ज स अमेरिका का अध्यक्ष आनन्द बिष्ट , अार्टिस्ट यसोसियसन का अध्यक्ष गम्बु शेर्पा ,समाजसेवी तारा निरौला,बिना कोइराला, न्यू योर्क च्याप्टर का पूर्व अध्यक्ष ज्योति पौडेल र पुनम काफ्ले थिए।

सामुहिक रुपमा नेपाली राष्ट्रिय गाना गाएर सुरु गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथिले पानसमा बत्ति बाल्दै स्रस्टाहरूको तस्वीरमा पुष्प अर्पण गरि कार्यक्रमको सुरुवात गरिएको थियो। उपस्थित साहित्यकारहरुलाई अनेसास न्यूयोर्क च्याप्टरका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले स्वागत गगरेका थिए भने अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माको शुभकामना सन्देश पढेर सुनाइएको थियो।

पहिलो कार्यक्रममा शताव्दी पुरुष डा सत्यमोहन जोशीको छोटो परिचय गीता खत्रीले प्रस्तुत गर्दै सम्मानमा तयार पारिएको सम्मानपत्रलाई पढेर सुनाइ डा. जोशी समक्ष पु¥याइदिन अनेसासका आजीवन सदस्य विना कोइरालालाई हस्तान्तरण गरिएको थियो। कविशिरोमणी लेखनाथ पौडेलको जीवनीको सक्षिप्त परिचय प्रतिध्वनीका प्रमुख सम्पादक धनीराम सापकोटाले प्रस्तुत गरेका थिएभने कवि भूपि शेरचन र वरिष्ठ उपन्यासकार लैनसिहं वाङदेलको जीवनीको संक्षिप्त विवरण पत्रकार प्रदिप थापामगरले प्रस्तुत गरेका थिए।





Comments

comments

3709