क्याट्रिनाको हातमा इन्गेजमेन्टको औंठी

एजेन्सी। अभिनेत्री क्याट्रिना कैफ केही समयअघि लन्डन गएकी थिइन्। त्यहाँबाट फर्केपछि उनी निकै खुसी देखिएकी छिन्। त्यति मात्रै होइन, त्यसयता उनको हातमा एउटा औंठी देखिएको छ। जसको चर्चाले अहिले बलिउड तातिरहेको छ। स्रोतको दावी छ कि उक्त औंठी रणवीर कपुरसँगको इन्गेजमेन्टको हो।

क्याट्रिना पटिल्लोपटक मुमबईमा भएको पुलिस सो ‘उमंग २०१५’ मा सामेल भएकी थिइन्। त्यसक्रममा उनी परम्परागत पहिरनमा देखिएकी थिइन्। अनारकली सुट, सुनको झम्कासहित उपस्थित उनको हातमा औंठी पनि देखिएको थियो।

त्यो उनले मिडियाका फोटोग्राफरलाई देखाइरहेकी थिइन्। तर, पछि फराह खानको जन्मदिनको पार्टीमा भने उनले आफ्नो हात खल्तीमा लुकाएकी थिइन्। क्याट्रिना क्रिसमस र नयाँ वर्ष मनाउन लन्डन गएकी थिइन्। त्यसबेला उनको हातमा औंठी थिएन। उनले न्यूयोर्कका रणवीरका साथ नयाँ वर्ष मनाएकी थिइन्। त्यहाँबाट फर्कंदा उनको हातमा औंठी देखिएको समाचार आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ।

सूत्रको दाबीअनुसार उनीहरुको इन्गेजमेन्टका लागि ऋषि कपुर र नितु पनि लन्डन पुगेका थिए। औंठी आदान–प्रदान गर्ने कार्यक्रम क्याट्रिनाको तर्फबाट आयोजना गरिएको स्रोतको दाबी छ।





Comments

comments

3703