आँखाअगाडि मारेर भेरीमा फालेको दृश्य फनफनी घुमीरहन्छ…

फाइल फाेटाे

जाजरकोट – जिल्लाको भेरी नगरपालिका–४ का सुदीप खड्काको शरीरको चोट बिस्तारै ठिक हुँदैछ।

तर, घटनाको पीडा र त्रास भने बढ्दो छ । बेलाबेला त्यही घटना सम्झेर झस्किन्छन्, अनि तर्सिन्छन् पनि।

भेरी नगरपालिकाका नवराज विकसहित ६ जनाको ज्यान जाने गरी गत जेठ १० गते रुकुमको चोरजहारमा भएको घटनाका घाइते हुन् सुदीप । सुदीपसहित १२ जनाले बल्लतल्ल ज्यान जोगाए।

तर उनीहरुलाई मरणासन्न हुनेगरी कुटिएको थियो। गाउँलेले चिर्पट, हँसिया, ढुंगाले हान्दाहान्दै सुदीपलाई प्रहरीले समातेर मिसन अस्पताल लगेको थियो।

बेलाबेला उनलाई त्यही नवराज लगायतकाा साथीले ‘बचाउ बचाउ’ भनेको आवाज गुञ्जिरहन्छ। ‘मेरो आँखाअगाडि मारेर भेरीमा फालेको दृश्य फनफनी घुमीरहन्छ।’

सुदीप मात्र होइन, घटनामा बाँच्न सफल १२ जनाको अवस्था यतिबेला असामान्य छ। प्रायः सबै घाइतेलाई मानसिक तनावमा छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा राजेन्द्र कार्कीले लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

37155