Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सहारा एकेडेमीको अक्षयकोषका लागि सहयोग आउने क्रम जारी

दिननाथ बराल / एचकेनेपाल डट कम
पोखरा १, फागुन। सहारा एकेडेमीको अक्षयकोष स्थापना गर्न सहयोग रकम आउने क्रम जारी रहेको छ।

पछिल्लो क्रममा स्वर्गीय पिता खेमनारायण श्रेष्ठ र माता तिर्थमाया श्रेष्ठको स्मृतिमा छोरा, बुहारी भुषण नारायण श्रेष्ठ र सरिता श्रेष्ठले एकेडेमीको अक्षयकोषका लागि सहारा क्लवका अध्यक्ष विरभद्र आचार्यलाई ५० हजार ५ सय ५५ नगद रकम हस्तान्तरण गरेका छन्।

त्यस्तै, राष्ट्रिय महिला भलिबल टिमका उपकप्तान मञ्जु गुरुङले सहारा एकेडेमीको अक्षयकोषका लागि ११ हजार एक सय ११, रुपैयाँ क्लवका अध्यक्ष आचार्यलाई सहारा एकेडेमीको अक्षयकोषको लागि हस्तान्तरण गरेकी हुन्।

त्यस्तैगरि पोखरामा जारी आहा रारा गोल्ड कपको अवसरमा सहारा हङकङले पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघलाई १२ थान जर्सी हस्तान्तरण गरेको छ। सहारा हङकङका कोषाध्यक्ष सुमित्रा गुरुङले पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघका अध्यक्ष छ्याम बहादुर थापा र पश्चिमाञ्चलका कप्तान मन्जु गुरुङलाइ संयुक्त रुपमा जर्सी सेट हस्तान्तरण गरेका हुन्।

आहा रारा गोल्ड कप सफल पार्न पोखरामा रहेका एफएम रेडियोहरुले बिषेश कार्यक्रम समेत संचालन गर्दैै आएका छन्।

तस्बिरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम





Comments

comments

3737