सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीका कारण दुईको मृत्यु, १८ जना बेपत्ता…

सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु र १८ जना बेपत्ता भएका छन्।

बिहीवार विहान आएको बाढीले १५ घर बगाएको छ। अविरल वर्षाले सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पुर्याएको छ।

बाढी

जम्बो भन्ने स्थानमा आएको बाढीले धेरै घर बगाएको छ। सोही स्थानमा सबैभन्दा बढी मानवीय क्षति भएको हो।

घटनास्थलमा २ जनाको शव भेटिएको छ भने १८ जना बेपत्ता छन्।

बाह्रबिसे नगरपालिका उपप्रमुख सुशीला पाख्रिनले बाढीले कति क्षति भयो भन्ने यकिन हुन नसकेको बताएका छन्। उनका अनुसार बाह्रबिसेको खोर्सानीवारीभन्दा माथितिर जान नसकिएको र टेलिफोन सेवा अवरुद्ध रहेको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

37509