काठमाडौं, भारतले महाकाली नदीपूर्व नेपाली भूभाग गुन्जी हुँदै लिम्पियाधुरातर्फ जाने सडक मनोमानी ढंगले बनाइरहेको छ।
कोरोना महामारीकै मौकामा भारतले सीमा सडक संगठन बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) ले गुन्जी–जोलिङकाङ सडक निर्माणलाई तीव्रता दिएको हो।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूभाग तवाघाटबाट लिपुलेक हुँदै मानसरोवर जाने सडक वैशाख २६ गते मात्रै उद्घाटन गरेका थिए।
त्यसपछि धार्मिकस्थल आदि कैलाश जानका लागि सडक बनाइरहेका भारती दैनिक पत्रिका अमर उजालाले हालै लेखेको छ। त्यो सडक नेपाली भूमि गुन्जी, नाभी, कुटी हुँदै जान्छ।
३४ किलोमिटर ट्र्याक खोल्ने काम सकिएको समाचारमा उल्लेख छ । ‘बीआरओले तवाघाट–लिपुलेक सडक लिंक गरेपछि गुन्जीबाट जोलिङकाङसम्मको ट्र्याक खोल्ने (कटिङ) को काम पूरा गरेको छ’, अमर उजाला लेख्छ । यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन्।
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)