अपडेटः कोरोनाबाट हङकङमा थप २ जनाको मृत्यु…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २७ जुलाई। कोविड १९ (कोरोना) संक्रमणबाट हङकङमा थप दुई जनाको मृत्यु भएको छ।

यससंगै हङकङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ।

क्वीन एलिजाबेथ अस्पतालमा उपचारको क्रममा आइतवार राति ७६ वर्षीया महिलाको मृत्यु भएको अस्पताल अथोरिटीले पुष्टि गरेको छ।

खोकी र पेट दुखाइको कारण उनलाई जुलाई २१ तारिख अस्पतालमा भर्ना गरिएको थियो। उनको आइतवार राति करीव सवा ११ बजे उपचारको क्रममा निधन भएको जनाएको छ।

फाइल फोटो

त्यसैगरी, कोरोना संक्रमित ९२ वर्षीय पुरुषको सोमबार बिहान क्वीन एलिजाबेथ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। स्वासप्रस्वासमा समस्या र खोकी बढेपछि उनलाई यसै महिनाको ७ तारिख अस्पताल भर्ना गरिएको थियो।

हङकङमा आइतवारसम्म कोरोना संक्रमितको संख्या २,६३४ पुगेको छ। कोरोना संक्रमितहरुमा १,४९५ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ९०८ जनाको उपचार भइरहेको छ। ४० जना सङ्क्रमितको अवस्था ‘क्रिटिकल’ रहेको जनाइएको छ।





Comments

comments

37789