हेलचेक्र्याइँले कोरोना जोखिम बढेको बढ्यै….

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

काठमाडौं, मुलुकभर कोरोना जोखिम बढ्नुमा आमसर्वसाधारणको हेलचेक्र्याइँलाई नै प्रमुख कारक मानिएको छ।

लकडाउन अन्त्य भएसँगै देखिएको भीडभाड र सचेतनाका सामान्यभन्दा सामान्य उपाय पनि नअपनाउँदा जोखिम बढ्दो क्रममा रहेको जनस्वास्थ्यविद्हरू बताउँछन्।

सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरे पनि कार्यान्वयनमा आउन सकेको छैन । दैनिक सभा, बैठकसमेत हुने गरेका छन् । होटेल, किराना पसल, सुपरमार्केट, वित्तीय संस्था, बैंकलगायतमा भीड लाग्न थालेको छ।

सांकेतिक फोटो

यस्तै, सार्वजनिक सवारी साधनमा पनि भौतिक दूरी कायम गराउन निकै कठिनाइ देखिएको छ । सार्वजनिक सवारी साधनमा यात्रा गर्नेहरूको संख्या अभिलेख नगरिँदा कन्ट्याक्ट ट्रेसिङ गर्न अप्ठेरो हुने देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्तीमा पनि दुई मिटर भौतिक दुरी कायम गर्न भने पनि व्यवहारतः त्यसो हुन सकेको छैन । स्वास्थ्य अधिकारीहरू आत्मानुशासनबाट कोरोनालाई परास्त गर्न सकिने बताउँछन्। यो समाचार राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।





Comments

comments

37886