Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गोरखाहरुका भावना र भविष्यको ब्यापार…

गोरखाहरुका भावना र भविष्यको ब्यापार…
प्रेस विज्ञप्ति
सम्पूर्ण गोरखा दाजुभाइ, दिदीबहिनी तथा भान्जा भान्जीहरु, नमस्ते!

हालै सार्वजनिक भएको गोरखाका छोरा छोरीका आवासीय अधिकार सम्बन्धी ब्रिटिश अध्यागमन नीतिका बिषयमा, केही निकृष्ठ व्यक्तिहरुले सृजना गर्न खोजेका भ्रम निराकरणका लागि संक्षेपमा सत्य तथ्य प्रस्तुत गर्न आवश्यक ठानिएको छ।

दुनियाँ मानव जगतलाई प्रष्ट थाहा छ कि, गोरखा सत्याग्रहको मुख्य ५ मागहरु मध्येको एउटा प्रमुख माग गोरखाका १८+ का छोराछोरीको आवासीय अधिकार हो।

यो बिषयमा गम्भीर भएर यथाशिघ्र नीति ल्याउन सत्यग्रहले एपिपिजी मार्फत बेलायत सरकारलाई दवाव दिदैआएको थियो। कारण बेलायतमा आई. एल.आर. का लागि आवेदन दिएका गोरखाका सयौं छोरा छोरीहरु भिसाको म्याद सकिएर डिपोटेशन हुने स्थितीमा पुगेका थिए र छन्। सोही निर्णय नआउनका कारण सयौं गोरखाका छोरा छोरीहरुको आई.एल.आर/आई.एल.ई को प्रकृया र अपिल कोर्टको मुद्धाहरु अनिर्णित अथवा बिचाराधिन अवस्था मै रहेका साथै परिवार बिच्छेदनको दर्दनाक परिस्थिती थियो र छ।

यिनै जटिलताहरुलाई स्वीकार्दै एपिपिजिले आफ्नो प्रतिबेदन प्रधानमन्त्रीलाई बुझाउन पूर्व नै गृह मन्त्रालयसंग यो समस्याको समाधान गराउन गम्भीर दवाव दिएका थिए। यस बिषयमा अध्यागमन मन्त्री सकारात्मक भएकाले अन्य मागहरु घोषणा हुन अघि यो नीति घोषणा भएको हो। उनले यो अध्यागमन नीति जनवरी पहिलो साताभित्र प्रकाशन गर्ने व्यहोरा एपिपिजी मार्फत सत्याग्रहलाई डिसेम्बर २०१३ को सुरु मै जानकारी गरेका हुन्।

गोरखाहरुका भावना र भविष्यको ब्यापार गरेर आर्थिक लाभ लिन पल्केका गेसोका किचन क्याबिनेटले “गेसोले २०१३ मा हाइ कोर्टमा मुद्धा लगाएर प्राप्त भएको”, भनेर भ्रम सृजना गर्ने दुस्साहस गरिरहेका छन। यदी मुद्धाको हवालत दिने हो भने, मुद्धा कहिले लगाएको थियो ? फैसला कहिले भयो ? कोर्टको फैसला नभै कसरी मन्त्रालयले नीति घोषणा गर्‍यो?

हुन त यिनिहरुको अहिलेसम्म गोरखाहरुलाई ठगी खाने तरिका नै यस्तै हो। सन २००९ पछि यिनीहरुले गोरखा हितका बिषयमा झिंगा मार्ने काम गर्न सकेका छैनन्। अरुले कुनै राम्रा काम गर्नसाथ “गेसोले गरेको ” भन्दै झूट्को पुलिन्दा लिएर गोरखाहरुबाट आर्थिक असुल्ने गरेका छन्।

अहिलेको यिनीहरुको बदनियतपूर्ण रणनीति पनि गोरखाका छोरा छोरीको “आवासीय भिसा आवेदन गेसो मार्फत पेश गरे मात्र सफल हुन्छ”भन्दै, गेसोको सदस्यता शूल्क, सेवा शूल्क, साल्मे डाँडाको चन्दा असुल्ने हो।

त्यसर्थ, सम्पूर्ण गोरखा दाजुभाई, दिदीबहिनी तथा भान्जा भान्जीहरु यि षड्यन्त्रकारीहरुबाट समय नै सचेत र सजग रहन जानकारी गराउँदछौं।

अन्त्यमा, कुनै संघ संस्थाको नाम लिएर गोरखाका पैसामा हालीमुहाली गर्ने र गोरखा बृद्ध-बृद्धाको नाम भजाएर पाउण्ड कमाउने “गोरखा सत्याग्रह” जस्तो पवित्र आन्दोलनलाई बदनाम गराउन खोज्ने गोरखाहरुका भ्रष्ट दलालहरुले आफ्नो कुकृत्य तत्काल बन्द गर्न खबरदारी गर्दछौं। यदी यो क्रम जारी रहे गोरखाहरु अब आँखा चिम्लेर मुख थुनेर र हात बाँधेर बस्ने छैनन्।
जय गोरखा !!!

सन्तोष थलङ
प्रमुख संयोजक -यूके/नेपाल
गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति
यूके/नेपाल

सम्बन्धित लिङ्कः
१८ वर्षमाथिका गोर्खालीका सन्तानलाई पनि बेलायतमा आवासीय अधिकार





Comments

comments

3827