Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

जसले डन ‘चरी’को इन्काउन्टरको कमान्ड गरेकी थिइन्

काठमाडौं, ४ माघ। संसददेखि सडकसम्म हंगामा मच्चिएको चर्चित डन दिनेश अधिकारी ‘चरी’ इन्काउन्टरको फिल्ड कमान्ड महिला प्रहरी अधिकृतले नै गरेकी थिइन् भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ।

तर चरी गत साउनमा काठमाडौंको भिमढुंगामा प्रहरीसँगको गोलीहानाहानमा मारिँदा उक्त अपरेसनको नेतृत्व महानगरीय अपराध महाशाखाबाट डीएसपी मिरा चौधरीले गरेको समाचार आजको नेपाल राष्ट्रिय साप्ताहिकमा प्रकाशित छ।

पूर्वमहिला राष्ट्रिय महिला खेलाडीसमेत रहेकी चौधरीसहित महाशाखाको प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पुष्कर कार्की र प्रहरी निरीक्षक कुमोदविरुद्द चरीका परिवार र खुम्बु ओलीले सर्वोच्च अदालतमा कारबाहीको माग गर्दै रिट हालेका छन्, जुन विचाराधिन छ।





Comments

comments

3813