Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपालको पहिलो जित, नेदरल्याण्ड्स २ विकेटले पराजित

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ४ माघ। आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन २ को दोश्रो खेलमा नेदरल्याण्ड्सलाई २ विकेटले पराजित गर्दै नेपाल विजयी भएको छ।

नामिबियामा आज आइतवार भएको खेलमा जितका लागि पाएको १ सय ५९ रनको लक्ष्य नेपालले खेल सकिन ३ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टाएको थियो। पहिले ब्याटिङ्ग गरेको नेदरल्याण्डस ४९ दशमलव ५ ओभरमा अल आउट हुँदै १ सय ५८ रनमा समेटिएको थियो।

आफ्नो पहिलो खेलमा नेपाल हिजो शनिवार युगान्डासँग २ रनले पराजित भएको थियो।





Comments

comments

3837