भर्जिनियाबाट ‘सत्र पुष्प पत्रहरु: हुर्कदै गर्दाका कथाहरु’ पुस्तक सार्वजनिक

विजय थापा / एचकेनेपाल डट कम –

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा बस्दै आएका दोश्रो पुस्ताका किशोरकिशोरी दिदी सुकृति शर्मा तथा भाइ साइमन शर्माका “सत्र पुष्प पत्रहरु: हुर्कदै गर्दाका कथाहरु” नामक पुस्तक सार्वजनिक भएको छ।

यी लेखकहरुले “सत्र पुष्प पत्रहरु: हुर्कदै गर्दाका कथाहरु” नामक पुस्तक हालसालै लेखेका हुन्। यो पुस्तकलाई एमाजनले गत सेप्टेम्बर ९ देखि अग्रिम माँग (प्रि-अर्डर )का लागि खुला गरि सकेको छ। सेप्टेम्बर १५ देखि सार्वजनिक भएको छ।

सुकृति र साइमन

सुकृति शर्मा हाल फेयरफ्याक्स काउन्टीमा १२ कक्षामा अध्ययन गर्छिन् भने साइमन शर्मा कक्षा ७ मा पढ्छन्। सुकृतिका बिगतका लेखहरु अमेरिकाको राष्ट्रिय स्तरका पत्रिकामा समेत प्रकाशित भएका छन्। उनका लेखले पत्रपत्रिकामा बालबालिकाका मुद्दाहरु सफल रुपमा उठाएका छन्।

सत्र पुष्प पत्रहरु: हुर्कदै गर्दाका कथाहरु
हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

38490