ली का शिंगद्वारा हङकङ अग्नी पीडित नेपाली परिवारलाई ३० लाख डलर सहयोग

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १९ नोभेम्बर। ली का शिंग फाउन्डेसनले हङकङ अग्नी पीडित घाइते र मृतकका परिवारलाई ३० लाख हङकङ डलर सहयोग गर्ने घोषणा गरेको छ।

नोभेम्बर १५ तारिख आइतवार साँझ जोर्डनको क्यान्टोन रोडस्थित नेपाली रेष्टुरेण्ट जिरे खुर्सानीमा भीषण आगलागी हुंदा ७ जना नेपालीको मृत्यु र ११ जना घाइते भएका थिए।

अग्नी पीडित नेपालीलाई सहयोग

यस अघि हङकङका परोपकारी संस्था सिक सिक युनले पनि हङकङ अग्नी पीडित नेपाली परिवारलाई १० लाख हङकङ डलर सहयोग गर्ने निर्णय गरेको थियो।

यो पनि पढ्नुहोस्
BREAKING: हङकङको नेपाली रेष्टुरेण्टमा भीषण आगलागी, ७ नेपालीको मृत्यु (भिडियोसहित)

हङकङ अग्नी पीडित नेपाली परिवारलाई १० लाख डलर सहयोग

लाइभ भिडियो हेर्नुहोस्

भिडियोः जगतअम्बु गुरुङ / HKNepal.com







Comments

comments

39346
%d bloggers like this: