हङकङ आगलागीमा ज्यान गुमाएका शेरबहादुरको अन्त्येष्टि…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १३ डिसेम्बर। हङकङ आगलागीमा ज्यान गुमाएका शेरबहादुर गुरुङको आइतवार अन्त्येष्टि गरिएको छ।

जन्मदिवसको पार्टी र दीपावली मनाउंने क्रममा आगलागी हुंदा ज्यान गुमाएका गुरुङप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न हुङ होमस्थित इन्टरनेशनल फ्युनरल हलमा हङकङेली नेपाली भेला भएका थिए।

अब तस्वीर र सम्झनामा मात्र। फोटोः टीका गुरुङको फेसबूकबाट

बाँगे फड्के सेवा समाज हङकङ, आफन्त साथीभाइ तथा नेपाली सङ्घसंस्थाका प्रतिनिधिहरुसहित हङकङेली नेपालीले भावपूर्ण श्रद्धा सुमन व्यक्त गर्दै गुरुङलाई अन्तिम विदाई गरेका थिए।

नोभेम्बर १५ तारिख साँझ जोर्डनको क्यान्टोन रोडस्थित नेपाली रेष्टुरेण्ट जीरे खुर्सानीमा भीषण आगलागी हुंदा गुरुङसहित ८ जनाको ज्यान गएको थियो।

दुर्घटनामा १० जना घाइते भएका थिए।

हङकङ आगलागीमा ज्यान गुमाएका नेपाली बाबुछोराको अन्त्येष्टि…
हङकङ आगलागीमा ज्यान गुमाएकी अनिताको अन्त्येष्टि…
हङकङ आगलागीमा ज्यान गुमाएकी बिनिताको अन्त्येष्टि…

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

39619